Skip to content
LAXMI SUNRISE BANK

नेपाल पुनर्बीमाले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्ने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीले १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मुल्यमा सर्वसाधारण्का लागि निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्नका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।
कम्पनी सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा नेपाल पुनर्बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.रमेशकुमार भण्डारीले हस्ताक्षर गरे ।
नेपाल पुनर्बीमा कम्पनीको अधिकृत पुँजी १५ अर्ब, जारी पुँजी १० अर्ब र चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । सर्वसाधारणलाई सेयर निष्काशन गरी बाँडफाँड गरेपश्चात संस्थाको चुक्ता पुँजी १० अर्ब रुपैयाँ हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK