×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल सेवाको खुद नाफा १२.५% ले घट्दा अन्य सुचकको कस्तो छ अवस्था ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल सेवाको खुद नाफा १२.५% ले घट्दा अन्य सुचकको कस्तो छ अवस्था ?

४ भाद्र २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गत आर्थिक वर्षको चौथो त्रैमासमा नेपाल सेवा लघुवित्तको खुद नाफा १२.५% ले घटेको छ ।  खुद नाफा कमाएको छ । नेपाल सेवाको अघिल्लो वर्ष ४६ लाख ४८ हजार रुपैयाँ रहेको खुद नाफा घटेर  ४० लाख ६७ हजार रुपैयाँमा सिमित रहेको छ । 
यता, खुद ब्याज आम्दानी भने ७१.९७% ले बढाएर २ करोड ५ लाख ५६ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष नेपाल सेवाले १ करोड १९ लाख ५३ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । खुद ब्याज आम्दानी बढेपनि कर्मचारी खर्च निकै बढेको छ । यस्तै, सम्भावित जोखिमका लागि पनि २ करोड ९ लाख १७ हजार रुपैयाँ छुट्याउनु पर्दा सञ्चालन नोक्सान व्यहोरेको छ । यी कारणले कम्पनीको नाफामा प्रतिकुल असर परेको हो ।
कम्पनी यो त्रैमाससम्म आइपुग्दा १ करोड ४ लाख ५७ हजार रुपैयाँ सञ्चालन नोक्सानमा देखिएको छ । नेपाल सेवाले १ करोड ६८ लाख ४८ हजार रुपैयाँ राइट ब्याक गरेको छ । निक्षेप संकलन २ करोड ४७ लाखबाट बढाएर ४ करोड ७२ लाख ४२ हजार रुपैयाँ पुर्याएको नेपाल सेवाले ३० करोड ७४ लाख ९५ हजार कर्जा लगानी गरेको छ ।
चुक्ता पुँजी ६ करोड रुपैयाँ भएको नेपाल सेवाको रिजर्भ कोषमा ५२ लाख ८ हजार रुपैयाँ मात्र छ । चुक्ता पुँजीको आधारमा कम्पनीले रिजर्भ कोष बढाउनुपर्ने देखिन्छ । यता, कम्पनीको खराब कर्जा भने १% बाट बढेर २.७२% कायम भएको छ । कम्पनीले गत वैशाख १२ देखि १६ गतेसम्म १ लाख ८० हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी