Skip to content
LAXMI SUNRISE BANK

एनआइसी एशिया बैंकले भदौ २१ देखि १८ लाख ३० हजार कित्ता ऋणपत्र निष्काशन गर्दै

अर्थ सरोकार

काठमाडाै-  एनआईसी एशिया बैंकले भदौ २१ गते (बिहीबार)देखि १ अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ‘११% एनआईसी एशिया ऋणपत्र २०८२/८३’ नामक सात वर्षे अवधिको ऋणपत्रको व्याजदर ११% (डिवेञ्चर) जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरमा १८ लाख ३० हजार कित्ता ऋणपत्र निष्काशन गर्नेछ । 
निष्काशन हुने कुल ऋणपत्रमध्ये २०% कित्ता सर्वसाधारणका लागि बिक्री गरिनेछ भने बाकी रहेको ८०% अर्थात एक अर्ब ४६ करोड ४० लाख रुपैयाँ बराबरको १४ लाख ६४ हजार कित्ता व्यक्तिगत तथा  निजी संघसंस्थालाई बिक्री गरिनेछ । व्याज भुक्तानी अर्थवार्षिक रुपमा हुने बैंकले जानकारी दिएको छ । ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण गरिने पनि बैंकले जनाएको छ । 
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले गर्ने छ । इच्छुक लगानीकर्ताले ऋणपत्रमा २५ कितादेखि निष्काशन हुने अधिकतम कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ । सो ऋणपत्र छिटोमा भदौ २५ गते निष्काशन बन्द हुनेछ भने सो समयमा सबै बिक्री नभएको अवस्थामा असोज १९ गतेसम्म खुला हुने जनाइएको छ ।
एनआईसी एशिया बैंकले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन,वित्तीय तथा आर्थिक गतिविधिलाई विस्तार गर्न, बैंकको पूरक पूँजीकोष वृद्धि गरेर पूँँजीगत आधार मजबुत बनाउन तथा बैंकको प्रबन्धपत्रमा उल्लेख गरिएको उद्देश्य अनरुपको कार्य गर्ने प्रयोजनका लागि पूँजी संकलन गर्न ऋणपत्र जारी गरिन लागेको जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK