Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकको २ नयाँ शाखा पोखराको न्यूरोड र नौडाँडामा

अर्थ सरोकार

काठमाडौँ – एनआईसी एशिया बैंकले स्थानीय स्तरका ग्रामिण तथा शहरी क्षेत्रमा शाखा विस्तार गर्ने उद्देश्यले बैंकका शाखा सञ्चालन गर्दै गर्ने क्रममा थप दुई शाखा विस्तार गरेको छ । बैंकले पोखराको न्युरोड  र नौडाँडामा दुई नयाँ शाखा विस्तार गरेको छ । पोखरा महानगरपालिका वडा नं.८ स्थित न्यूरोड शाखाको उद्घाटन बैंकका संचालक राजेन्द्र प्रसाद अर्याललृ गरे । त्यस्तै, अन्नपूर्ण गाउँपालिका वडा नं. १ स्थित नौडाँडा शाखाको उद्घाटन बैंकका अर्का संचालक बिनोद कुमार प्याकुरेलले गरे ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २४१ शाखाकार्यालयहरु, २३५ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. १८३ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५५ अर्ब तथा कर्जा रू. १२७ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचान बनाउन सफल भइ सकेको छ । हालसम्म यस बैंकमाग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK