
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – एनएमबि बैंकको १५% बोनस सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । साउन ३१ मा हुने साधारण सभाको लागि बैंकले बिहीबार (साउन १७ गते) देखि बुक क्लोज गर्दैछ । यसआधारमा बैंकले वितरण गर्ने १५% बोनस सुरक्षित गर्न बुधबारसम्म बैंकको सेयरधनी बन्नुपर्नेछ ।
यस्तै, सभामा बोनस सेयरमा लाग्ने कर तिर्न ०.७८९५% नगद लाभांश दिने प्रस्ताव पनि पेश हुनेछ । बैंकले बोनस वितरणमा १ अर्ब १४ करोड ४ लाख ९३ हजार ५९५ रुपैयाँ र नगद लाभांशका लागि ६ करोड २५ हजार ९७९ रुपैयाँ खर्च गर्नेछ । साधारण सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल ललितपुरमा दिउँसो २.३० बजे सुरु हुनेछ ।
बोनस वितरणपछि जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । आर्थिक वर्ष २०७३/७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ ।
आर्थिक वर्ष २०७४–७५ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डामा पनि छलफल हुनेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसन प्रकृयामा जानु परेमा त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पनि राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्