Skip to content
LAXMI SUNRISE BANK

केन्द्र सरकार अन्तर्गतको निकायमा यस्तो चाला: विदाको अवज्ञा गरेको भन्दै प्रदेशका मन्त्रीले लगाए राष्ट्र बैंकमा ताला

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- संघीयताको कार्वनयनमा विभिन्नखाले समस्या रहेको बहस चलिरहेका बेला प्रदेश सरकारले दिएको बिदा नदिएपछि २ नम्बर प्रदेशका मन्त्रीले नेपाल राष्ट्र बैंकको जनकपुर क्षेत्रिय कार्यालयमा ताला लगाइदिएका छन् । जनैपूर्णिमाको दिन २ नम्बर तथा ७ प्रदेशले बिदा दिएको भएपनि राष्ट्र बैंकले विदा नदिएको भन्दै २ नम्बर प्रदेशका कानूनमन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकको जनकपुर क्षेत्रिय कार्यालयमा ताला लगाइदिएका हुन् ।
प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा घोषणा गरेको थियो ।आन्तरिक मामिला तथा कानून मन्त्री यादव आफै जनकपुर स्थित नेपाल राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गर्दै साँचो आफनो नियन्त्रणमा लिएका छन् । राष्ट्र बैंक केन्द्र सरकार अन्तर्गतको निकाय भएपनि संविधानले प्रदेश सरकारलाई विदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको मन्त्री यादवले बताएका छन् । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK