काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हेडक्वार्टर धुम्बाराहीमा रहने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले धुम्बाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा जनवर्गीय संगठनहरुको कार्यालय राख्ने निर्णय गरेको हो ।
धुम्बाराही तत्कालीन एमालेको कार्यालय थियो भने पेरिसडाँडामा माओवादीको कार्यालय थियो । त्यस्तै बैठकले उच्च जिम्मेवारीमा रहेका नेतालाई पार्टीको कार्यकारी पद नदिने निर्णय गरेको छ । बैठकले मन्त्री, मेयर, उपमेयर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसम्मलाई कार्यकारी पदको जिम्मेवारी नदिने निर्णय गरेको हो ।
‘संघीय मन्त्री, प्रदेशका मन्त्री, प्रादेशिक दल नेता र उपनेता, संघीय र प्रदेशसभाका प्रमुख सचेत र मुख्य सचेतक र सचेतक, संसदीय समितिका सभापति र महानगरपालिका, नगरपालिकाका मेयर, उपमेयर, जिल्ला समन्वयन समितिका सभापति र उपसभापति सँगै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई कुनै पनि स्तरको कार्यकारी पद अर्थात् अध्यक्ष र सचिव पदको जिम्मेवारी नदिने निर्णय भएको छ’, बैठकपछि जानकारी दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सचिवालय बैठकले सांगठनिक एकीकरणका लागि सहज बनाउन यस्तो निर्णय गरेको हो ।’
हेडक्वार्टर वैठकले नेकपाका मन्त्री र जनप्रतिनिधिहरुलाई झट्का लागेको छ । जसकारण पार्टीभित्र खैलाबैला सुरु भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्