Skip to content

हेटौंडाको ओम्याक्स सिनेमामा आगलागी, मानवीय क्षति भने भएन

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

हेटौंडा – हेटौंडाको ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ । आज बिहान १० बजे बिद्युत सर्ट भएर आगलागी भएको हो । हल मर्मत गर्न भनि बिहानको शो नचलाइएकाले कुनै मानवीय क्षति भने भएन । 
हेटौंडा उपमहानगरपालिकाको वारुणयन्त्रले आगो निभाउन नसकेपछि नेपाल आयल निगम अमलेखगन्जको वारुणयन्त्र ल्याएर आगो नियन्त्रण गर्ने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा डिएसपी नरेश शाहले जानकारी दिए । 
बिहान अचानक हलभित्रबाट धुवाँ निस्कन थालेपछि आगो फैलिएको हो । आगलागी हुने बित्तिकै वारुणयन्त्र नआईपुगेकाले आगो नियन्त्रण बाहिर गएको हो । आगलागी बाट करौडौंको क्षति भएको अनुमान गरिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्