
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- केहि समय अघि अर्थ सरोकार टेलिभिजन कार्यक्रममा नेपाल पूँजी बजार लगानीकर्ता संघकि अध्यक्ष राधा पोखरेलले कार्तिकबाट पूर्ण अनलाइन आउने दावी गरेकी थिईन् । ‘अनलाइन निर्माता नै भए जसरी बोल्नुभयो नि ?’ भन्ने हाम्रो प्रश्नमा उनले कार्तिकबाट पूर्ण रुपमा अनलाइन आउने दावी गरेकी थिईन् । उनले यस्तो दावी गरेपछि उक्त अन्तर्वार्ता हेरेका दर्शकहरुले विभिन्न टिकाटिप्पणी गरेका थिए । त्यसको केहि दिनमै उनी यसबारे बुझ्न नेप्सेका जीएम चन्द्र साउदलाई भेट्न गए । भेटपछी हाल परीक्षणमा रहेको स्वचालित अनलाइन सेयर कारोबार प्रणाली अन्तरगत केही दिनभित्रै लगानीकर्ता आफैंले खरीद तथा बिक्री आदेशको अभ्यास गर्न पाउने भएको खबर बाँड्न सफल भएकी छिन् ।
नेपाल स्टक एक्सचेञ्जका प्रमुख जीएम साउदले नेपाल पूँजी बजार लगानीकर्ता संघकोतर्फबाट गएको डेलीगेसनको समूहलाई यस्तो जानकारी दिएका हुन् । बिहीबार साउदलाई भेट्न नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल नेतृत्वको समूह नेप्से मुख्यालय पुगेको थियो । सो क्रममा साउदले खरीदबिक्रीको आदेश नेप्सेको परीक्षण सिस्टममा लगानीकर्ता स्वयम्ले हाल्न सक्ने व्यवस्था गर्न लागिएको बताएका हुन् । भेटकै क्रममा नेप्सेले अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप अनलाइन कारोबारको बारेमा बुझ्नका लागि ५० वटा ब्रोकरलाई श्रीलंका लगायतका देशहरुको भ्रमणमा बिहीबार नै पठाइएको जानकारी समेत साउदले दिएको संघकि अध्यक्ष राधा पोखरेलले अर्थ सरोकार डटकमलाई बताईन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्