×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विज्ञापनका नाममा बदमासी : सगरमाथा सिमेन्ट र ‘आउटरिच नेपाल’लाई यस्तो ‘हर्कत’ गर्ने अधिकार कसले दियो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विज्ञापनका नाममा बदमासी : सगरमाथा सिमेन्ट र ‘आउटरिच नेपाल’लाई यस्तो ‘हर्कत’ गर्ने अधिकार कसले दियो ?

Artha Sarokar

१० भाद्र २०७५, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – २०७५ साल भाद्र ९ गते शनिबार । अर्थ सरोकारको युनिट काठमाडौँको केएल टावरमा रहेको एफक्यूबमा ‘नाइँ नभन्नु ल’ चलचित्र हेर्न पुग्यो । चलचित्र सुरु हुनु अघि केहि बिज्ञापनहरु बजे । त्यहि भीडमा ‘जलबायु अनुकुल….’ सगरमाथा सिमेन्ट…’ के के जाति भन्दै बिज्ञापन बज्यो । बहस त्यहीं सुरु भयो । ‘गुणस्तरहीन प्रमाणित भएर सरकारले उत्पादन र वितरणमा रोक लगाएको सिमेन्ट, ‘राम्रो, भरपर्दो’ भन्ने अधिकार हुन्छ र ?’ फिल्म सकिएपछी यसबारे अनुसन्धान गर्ने निर्णय सहित हामी फिल्मकै मज्जा लिन थाल्यौं ।
शनिबार फिल्म हलमा देखिएको सगरमाथा सिमेन्टको बिज्ञापन
फिल्म सकिएपछी हामी कार्यालयमा बैठकका लागि फर्किंदै थियौं । हाम्रो कार्यालय नजिकै मिनभवनमा पनि यस्तै ठूलो होर्डिङ राखिएको रहेछ। नेपाल गुणस्तरचिन्हसमेत प्रयोग गरेर राखिएको उक्त होर्डिङमा पनि सगरमाथा सिमेन्टको बिज्ञापन निकै तामझामका साथ प्रस्तुत भएको थियो । त्यसपछी हामीले थप अनुसन्धान गर्यौं । अनुसन्धानका क्रममा नेपालका थुप्रै मिडियाहरुमा पनि सगरमाथा सिमेन्टको बिज्ञापन प्रकाशन / प्रशारण भइरहेको रहेछ । सरकारले गुणस्तरहीन छ भन्दै उत्पादन र वितरणमा समेत रोक लगाएको स्थितिमा जनताको आँखामा छारो हाल्ने ‘हर्कत’ कसले गर्यो ? हामी थप अनुसन्धानमा जुट्यौं !
मिनभवनमा देखिएको सगरमाथा सिमेन्टको बिज्ञापन

 

सिमेन्ट उद्योगको मार्केटिङ विभाग र आउटरिच नेपाल मिलेर जनतामाथि झुट !
अनुसन्धानका क्रममा हामीले एउटा तथ्य फेला पार्यौं । सगरमाथा सिमेन्टको सबै बिज्ञापनको काम ‘आउटरिच नेपाल’ नामक बिज्ञापन एजेन्सीले गरेको रहेछ । एजेन्सीले केहि प्रतिशत कमिसनको लोभमा परेर गुणस्तरहीन प्रमाणित भइसकेको सिमेन्टको यसरी बिज्ञापन गरेको रहेछ । एजेन्सी स्रोतकै दावी अनुसार एजेन्सीले सिमेन्ट गुणस्तरहीन प्रमाणित भएपछी झन् बिज्ञापनलाई आक्रामक रुप दिएको थियो भने बजारमा सिमेन्ट नहुँदा ब्रान्ड बचाउनुपर्छ भन्दै उद्योगलाई ‘कन्भिन्स’ गरेको थियो । यहि अनुरुप जनतालाई ठगी गर्ने काममा आउटरिच नेपाल नामक कम्पनीले पनि मतियारको रुपमा काम गरेको देखिन्छ । यता यस विषयमा सिमेन्ट गुणस्तरहीन भएको देखिएकाले उत्पादन र वितरणमा रोक लगाउन आदेश दिने जिल्ला प्रशासन कार्यालय गुलरिया, बर्दियाका अधिकारीले भने उत्पादन र विक्री वितरणमा रोक लगाइएको अवस्थामा सार्वजनिक स्थानमा बिज्ञापन गर्नु गलत भएको बताएका छन् ।
‘प्रशासनले गुणस्तरहीन भएकाले उत्पादन नै रोक लगाउन आदेश दिने र सञ्चारमाध्यम र त्यसमा पनि महानगरपालिकाकै मातहतमा रहेका ठाउँमा गुणस्तर हो भन्ने आशयको बिज्ञापन बज्नु सहि पक्कै होइन । प्रेस नोट नै जारी भएर सबै ठाउँमा जानकारी भएकाले हामीले थाहा पाएनौं भन्ने कुरा पनि सहि नहुन सक्छ । ‘कार्यालयका एक अधिकारीले अर्थ सरोकार डटकमसंग भने, ‘यो विषयमा सबैको ध्यान जान जरुरी छ।’ हामीले यस विषयमा जानकारी लिन आउटरिच नेपालमा काम गर्ने हाम्रो सम्पर्कमा रहेका एक कर्मचारीलाई फोन गर्यौं । उनले आफु एक सामान्य कर्मचारी भएकोले यस विषयमा बोल्न नमिल्ने र प्रबन्ध निर्देशकलाई फोन गर्न आग्रह गरे । उनले सगरमाथा सिमेन्टलाई प्रशासन कार्यालयले कारवाही गरेको थाहा हुँदा हुँदै कम्पनीले पेलेरै बिज्ञापन बजाएको भन्ने सबैलाई थाहा भएको जिकिर गरे । उनले भने अनुसार नै हामीले यस विषयमा हामीले आउटरिच नेपालका प्रबन्ध निर्देशक रहेका उजय शाक्यलाई सम्पर्क गरेका थियौं । तर उनको फोन यो समाचार तयार गर्दाका बखत निरन्तर अफ छ ।
महानगरपालिका भन्छ, ‘परिपत्र भए हटाउन आदेश दिन्छौं’
काठमाडौँ महानगरपालिकाभित्र गुणस्तरहीन प्रमाणित भइसकेका सिमेन्टको होर्डिङ राख्ने अधिकार कसले दियो त ? भन्ने जिज्ञासाका साथमा हामीले यस विषयमा हामीले काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी ज्ञानेन्द्र कार्कीलाई सम्पर्क गरेका थियौं । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले सिमेन्ट गुणस्तरहीन प्रमाणित भएको जनाकारी अझै महानगरपालिकामा नआइसकेकाले उक्त बिज्ञापन भएको होर्डिङहरु अहिले राखिरहेको बताएका छन् । ‘हामीलाई औपचारिक रुपमा उक्त सिमेन्ट गुणस्तरहीन प्रमाणित भएको र विक्री वितरणमा रोक लगाइएको भन्ने बारे जानकारी आएको छैन । त्यस्तो भएको खण्डमा बिज्ञापन राख्न दिने कुरा आउंदैन । हामीलाई सोहि अनुसार परिपत्र भएको खण्डमा हामी बिज्ञापन हटाउन कुनै नाइँनास्ती गर्दैनौं ।’ उनले भने ।
हेरौं जिल्ला प्रशासन कार्यालय गुलरिया, बर्दियाले जारी गरेको प्रेस नोट :
प्रशासन कार्यालयले जारी गरेको प्रेस नोट
आक्पा शेर्पालाई अव जनताले कसरी पत्याउने ?
सरकारी निकायले गुणस्तरहीन भएको भन्दै उत्पादनमा रोक लगाएको सिमेन्ट राम्रो छ, जलवायु परिवर्तन… के के जाती भनेर खुलेआम बिज्ञापनमा बोलेपछी आक्पा शेर्पाकै पनि बेइज्जत भएको छ । यसले शेर्पाले पैसा पाएपछी जे पनि भन्दारहेछन् भन्ने सन्देश पनि धेरैमा गएको छ । अझ सिमेन्टको उत्पादनमै रोक लगाइएको प्रेस नोट सबैमाझ आउँदा शेर्पाले नै सिमेन्टको बखान गरेको बिज्ञापन सबैतिर आउँदा यसले उनको व्यक्तित्व र उनका कुरामा पक्कै पनि प्रश्न उठाएको छ । यस विषयमा हामीले उनलाई समेत सम्पर्क गर्न खोजेका थियौं । तर उनीसँग सम्पर्क नै भएन ।
(प्रशासनले गुणस्तरहिन भनेको सिमेन्टको सार्वजनिक बिज्ञापन नरोकिएसम्म हामी निरन्तर यो विषयको फलोअपमा छौं।)
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी