Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्री ओलीले संविधानविपरीत काम गरेको भन्दै ५ हजार जरिवाना

अर्थ सरोकार

काठमाडौं – प्रधानमन्त्री केपी ओली र उनका सुरक्षाकर्मीले संविधानविपरीत काम गरेको भन्दै प्रदेश २ का सांसदले उनीहरूलाई पाँचपाँच हजार रुपैयाँं जरिवाना तिराउनुपर्ने माग गरेका छन्।
प्रधानमन्त्री ओलीले प्रदेश २ को संसद्लाई सम्बोधन गरेकै दिनदेखि उनीहरूले यस्तो माग गर्दै आएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
प्रदेश संसद् सम्बोधनको समयमा शनिबार प्रधानमन्त्री ओलीका साथमा गएका सैनिकले पनि संविधानको अवमूल्यन गरेको हुँदा उनीहरूलाई पनि जरिवाना हुनुपर्ने प्रदेश २ का राजपा सांसदको भनाइ छ। प्रधानमन्त्री ओलीले सैनिकसहित प्रदेश संसद्को रोस्ट्रममा सम्बोधन गरेका थिए।
संसदीय अभ्यासअनुसार संसद् बैठक कक्षमा प्रधानमन्त्रीका सुरक्षाकर्मी जान पाइँदैन। संसद्का लागि छुट्टै सुरक्षाकर्मीको व्यवस्था हुन्छ, जसलाई ‘मर्यादा पालक’का रूपमा विशेषाधिकारसहित राखिएको हुन्छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK