×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रम अ‍ोली र मोदीले पशुपति धर्मशालाको उद्घाटन गर्दै

PRIME CA

प्रम अ‍ोली र मोदीले पशुपति धर्मशालाको उद्घाटन गर्दै

१५ भाद्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – भारत सरकारले बनाएको पशुपतिनाथस्थित धर्मशालाको प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त उद्घाटन गर्ने भएका छन् । शुक्रबार प्रधानमन्त्री ओली र मोदी दुई पक्षीय वार्ता गरेपछि धर्मशाला उद्घाटनका लागि अपरान्ह पशुपतिनाथ मन्दिर परिसर पुग्ने कार्यक्रम छ ।
सन् २०१४ जुलाईमा पहिलो पटक नेपाल भ्रमणमा आएका बेला भारतीय प्रधानमन्त्री मोदीले उक्त धर्मशाला निर्माणको घोषणा गरेका थिए । २२ करोड भन्दा बढी भारतीय रुपैयाँ लगानीमा निर्माण भएको धर्मशाला करिब पाँच रोपनी जग्गामा फैलिएको छ । ३ सय ९७ जना बस्न मिल्ने गरी विभिन्न ८८ वटा कोठा निर्माण गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: