
काठमाडौँ – प्रभु बैंक र नेपाल आँखा अस्पतालबीच आँखा शिविर सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नेपाल आँखा अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले एक समारोहका बीच हस्ताक्षर गरे ।
सम्झौता अनुसार प्रभु बैंकको आर्थिक सहयोगमा नेपाल आँखा अस्पतालसँगको सहकार्यमा भौगोलिक विकटताले पर्याप्त स्वास्थ्य सेवा पुग्न नसकेको ठाँउका आर्थिक रुपले निम्नस्तरका आँखाका विरामीहरुलाई लक्षित गरी आँखा शिविर सञ्चालन गरिने छ । उक्त आँखा शिविर भौगोलिकता तथा मौसम अनुकुलतालाई मध्येनजर गर्दै आगामी २०७५ चैत्र मसान्तभित्र सम्पन्न गरिसक्ने कार्यक्रम रहेको छ । उक्त आँखा शिविरमा सहभागिता जनाइ सम्बन्धित क्षेत्रका सर्वसाधारणहरुले आँखा जाँच गराउनुका साथै आँखाका जटिल विरामीहरुले पनि सफल उपचार गराउन सक्नेछन् । पहिलो चरणमा काठमाडौँ, ललितपुर, काभे्र र धादिङ्ग जिल्लाका विकट ठाउँमा सञ्चालन गरिने उक्त आँखा शिविरमा लगभग १,००० जना आँखाका विरामीहरुको सफल उपचार गरिने लक्ष्य रहेको छ ।
बैंकले आप्mनो सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्न लागिरहेको यस आँखा शिविरबाट सम्बन्धित क्षेत्रका सर्वसाधारण एवं भौगोलिक विकटता तथा विपन्न आयस्तरका कारण लामो समयदेखि उपचार नपाईरहेका व्यक्तिहरुले समेत अति संवेदनशील आँखा रोगको सफल उपचार गराई लाभान्वित हुन सक्ने विश्वास बैंकले लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्