
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – प्रभु ग्रुपले नेपालमा ‘वालेट अब मोबाइलमा’ भन्ने नारासहित ‘प्रभु पे’ नामक डिजिटल वालेटको सुरुवात गरेको छ । आज आयोजीत कार्यक्रममा प्रभु ग्रुपका अध्यक्ष देबी प्रकाश भट्टचनले एपको प्रयोग गरी एपको औपचारिक शुभारम्भ गरेका छन् ।
कार्यक्रममा बोल्दै भट्टचनले आफ्नो मोबाइलमा एप डाउनलोड गरेपछी पैसासँग सम्बन्धित सम्पूर्ण कार्यहरु गर्न सकिने बताएका छन् । ‘कुनैपनि बैंक अथवा वित्तीय संस्थाको खाताबाट पैसा ट्रान्सफर गर्न, बिजुली, पानी लगायत अरु बिल भुक्तानी, किनमेलमा पैसा तिर्न, प्रभु टि भी रिचार्ज गर्न, मोबाइल रिचार्ज गर्न, NCHL डिपोजिट गर्नसमेत यो एपबाट सहज हुनेछ । यसबाट अनलाइनमात्र नभई युनियन पे र QR Code स्क्यान मार्फत पनि पैसा तिर्न सकिन्छ ।’ उनले भने ।
यसैगरी ‘प्रभु पे’ले नियमित ग्राहकलाई रु १०,००,००० सम्म को दुर्घटना बिमा को सुबिधा पनि दिएको छ भने अरुलाई रिफर गरे बापत प्रत्येक रिफरमा रु ३० बराबरको ब्यालेन्ससमेत दिने भएको छ । ‘प्रभु पे’को आफ्नै अलगै च्याट सिस्टमको सुविधा पनि छ । कार्यक्रममा ‘प्रभु पे’ का सञ्चालक कुसुम लामाले चरणबद्ध रुपमा प्रभु पे को प्रयोग गर्ने तरिकाका बारेमा जानकारी गराएकी थिईन् ।
प्रभु ग्रुप अन्तर्गत बैक, इन्स्योरेन्स, मनि ट्रान्सफर, हेलिकप्टर, प्रभु टि भी, सुचना प्रबिधि र ब्यबस्थापन सम्बन्धि विभिन्न कम्पनिहरु छन् ।














Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्