×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री र गृहमन्त्रीसँग बसेर यस्तो सहमति गरेका छौँः प्रचण्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रधानमन्त्री र गृहमन्त्रीसँग बसेर यस्तो सहमति गरेका छौँः प्रचण्ड

२० श्रावण २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अाेली र गृहमन्त्री रामबहादुर थापा बादलबीच एक सहमति गरेकाे खुलासा गरेका छन् । आइतवार बाराको कलैया उपमहानगरपालिकास्थित सडक शिलान्यास कार्यक्रममा सहभागी भएका प्रचण्डले यस्ताे बताएका हुन् । 
अध्यक्ष प्रचण्डले जन्मसिद्ध नागरिकता लिएका बाबुआमाका छोराछोरीलाई नागरिकता दिन कुनै समस्या नरहेको स्पष्ट पारे । ‘नागरिकताको सवालमा प्रधानमन्त्री, म र गृहमन्त्री रामबहादुर थापा बसेर सहमति गरेका छौँ, नागरिकताको मुद्दा मुद्दा नै होइन’, प्रचण्डले भने, ‘जन्मसिद्ध नेपाली नागरिक हो भने उसका सन्तानले नागरिकता नपाउनु आश्चर्यजनक हो । जन्मसिद्ध आधारमा बाबुआमाको नागरिकता छ भने छोराछोरीलाई पनि दिइन्छ ।’
सम्बोधन गर्दै प्रचण्डले नागरिकता समस्या, संविधान संशोधनदेखि तराई–मधेसको विकासबारे आफ्नो पार्टी र सरकारको धारणा राखे । जनयुद्धका क्रममा आफ्नै नेतृत्वमा मधेसका छोराछोरीले बलिदान गरेको बताउँदै त्यो बलिदानीलाई आफूले कुनै हालतमा खेर जान नदिने बताए । प्रचण्डले बढ्दो चुरे दहन रोक्न पनि सरकारले पहल गरेर मधेसमा पानीको समस्या हुन नदिने जिकिर गरे ।
शिलान्यास कार्यक्रममा प्रमुख अतिथिकारुपमा बोल्दै प्रचण्डले मधेसमा सक्रिय राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाललाई आफ्नै पहलमा संविधान मान्ने अवस्थामा ल्याइपुर्‍याएको दाबी गरे ।
‘राजपा र फोरमलाई पनि संविधान मान्ने अवस्थामा आफैँले ल्याएको हो । मधेसी आदिवासी जनजाति सबैले लडाइँ नगरेको भए गणतन्त्र आउँदैनथियो’, उनले भने, ‘यो संविधानलाई हामीले कहिल्यै पूर्ण मानेका छैनौँ, यसलाई गतिशिल दस्तावेज मानेका छौँ । मधेसी जनताको उचित भावनालाई सम्बोधन गर्न प्रतिवद्ध छौँ ।’
अध्यक्ष प्रचण्डले संविधान संशोधनबारेमा प्रधानमन्त्री केपी ओली, आफू र फोरम उपेन्द्र यादवबीच एक राजनीतिक सहमति भएको पनि खुलासा गरे । ‘मधेसी जनताको माग संविधान संशोधन मार्फत् सम्बोधन गर्ने छौँ, त्यो तयारी भएको छ । हामीले त्यो सहमति पनि गरेका छौँ’, उनले भने, ‘यो संविधान मधेस, पहाड र हिमालको बनाउन परिमार्जन गरेर अघि बढ्न तयार छौँ ।’
संविधान संशोधनबारेमा अहिले पनि राजपासँग वार्ता चलिरहेको उनले खुलासा गरे । प्रचण्डले नेपालको संविधान अझै अपूर्ण रहेको बताउँदै यसलाई पूर्ण बनाउने तर्फ आफूहरुले कुनै कसर नछाड्ने पनि बताए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी