
काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार पूर्णरुपमा असफल भएको दाबी गरेका छन् । पानीजहाज चलाउने सपना देखाउनेले सडकका खाल्डाखुल्डीसमेत पुर्न नसकेको भन्दै उनले सरकारको आलोचना पनि गरे ।
मंगलादेवी सिंहको २२ औं स्मृति दिवसको अवसरमा आइतबार बिहान शोभा भगवतीमा नेपाल महिला संघ काठमाण्डु जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहले सरकार सबै क्षेत्रमा असफल भएको बताए ।
‘दुई तिहाइ बल भएको सरकारले उल्लेख्य, क्रान्तिकारी र जनतालाई छुने खालको कार्यक्रम ल्याउन सकेन,’ उनले भने, ‘सरकार कुनै क्षेत्रमा पनि सफल हुन सकेको छैन् । दुई तिहाइको सरकार आएदेखि बढेको मूल्य हेर्दा पनि जनतालाई मार परेको छ ।’
बलात्कार र हत्याका घटनाहरु नरोकिएको, शान्ति सुरक्षा दिन नसकेको, मूल्यवृद्धि रोक्न नसकेको र विकासका कुरामात्र गरेको तर काम नगरेकोलाई उनले सरकारको असफलताको रुपमा व्याख्या गरे । कञ्चनपुरको निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सरकारले नै राजनीतिक रंग दिन खाजेको र अपराधीलाई उन्मुक्ति दिन खोजेको आरोप उनले लगाए ।
पूर्वमन्त्रीसमेत रहेका नेता सिंहले भने, ‘कञ्चनपुरमा बलात्कार गरेर हत्या गरेको घटनालाई ट्वीस्ट गरेर, राजनीतिक रंग दिन खोजेर, अपराधिलाई छुटाउने प्रयास सरकारले गर्यो ।’
विकास निर्माणका ठूल्ठूला नारा दिने सरकारले सडकका साना खाल्डासमेत पुर्न नसेकेको भन्दै उनले आलोचना गरे । उनले भने, ‘विकास निर्माणको कुरामा पनि केबल नारामात्र अगाडि सार्ने काम भएको छ । पानीजहाजदेखि रेलको कुरा गर्ने तर सडकका खाल्डाखुल्डी नपुर्ने ?’
‘ल एण्ड अर्डरको कुरामा पनि टोटल्ली यो सरकार विफल भएको छ । जनतालाई शान्ति सुरक्षा दिने कुरामा पनि शतप्रतिशत विफल भएको छ,’ नेता सिंहले भने, ‘बिहानदेखि साँझसम्म जनतालाई पिरोलीरहने सानातिना समस्याको ट्याकल गर्न नसक्ने सरकारले ठूलठूला कुराहरु गरेर कहाँबाट सफल हुन सक्छ ?’
वर्तमान सरकारले जनताको भलाइमा होइन, अहितमा धेरै गतिविधि गरिरहेको नेता सिंहले आरोप लगाए । उनले भने, ‘समृद्धिको अभियान अगाडि बढाउने ठाउँमा त्यसलाई अधोगतितिर लगिरहेको भनेर जनताले नै भनिरहेको कुराबाट यो सरकार के कस्तो भन्ने कुरा त्यहीँबाट थाहा हुन्छ ।’
उनले महासमिति बैठकको मिति सार्ने निर्णयबाट नेतृत्व असक्षम रहेको थप पुष्टि भएको पनि बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्