Skip to content
LAXMI SUNRISE BANK

प्रिमियर इन्स्योरेन्स र ब्लु क्रस हस्पिटलबीच बीमा सेवा सम्बन्धी सम्झौता

अर्थ सरोकार

काठमाडौं – प्रिमियर इन्स्योरेन्स र ब्लु क्रस हस्पिटलबीच बीमा सेवा प्रदान गर्नको लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्स कं (नेपाल) लि. को तर्फबाट नायब महाप्रबन्धक दिपेन्द्र राज गौतम र ब्लु क्रस हस्पिटलका तर्फबाट लेखा तथा प्रशासन शाखाका प्रबन्धक, सती गौतम सिंहले हस्ताक्षर हस्ताक्षर गरेका थिए ।
यस सम्झौता पश्चात प्रिमियर इन्स्योरेन्सबाट औषधोपचार बीमा सम्बन्धी बिमालेख खरिद गर्ने ग्राहकहरुले बीमालेखको सुविधाको आधारमा ब्लु क्रस हस्पिटलबाट नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने।
सो अवसरमा प्रिमियर इन्स्योरेन्सका नायब महाप्रबन्धक दिपेन्द्र राज गौतमले प्रिमियर इन्स्योरेन्स र ब्लु क्रस हस्पिटलको सहकार्यले स्वास्थ्य सेवामा प्रगाढ छाप सहित आम नेपालीको स्वास्थ्य सेवा पहुंचमा अभिबृद्धि हुने विश्वस्त भएको जानकारी गराए ।
साथै ब्लु क्रस हस्पिटलका प्रबन्धकले यो सम्झौता पश्चात सम्पूर्ण सेवाग्राहीहरुलाई औषधोपचार सम्बन्धी बीमालेख खरिद गरी सोको लाभ उठाउन आग्रहसमेत गरे ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK