×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रपतिको भोजमा यी नेतालाई ‘नो इन्ट्री’

PRIME CA
GLOBAL IME BANK

राष्ट्रपतिको भोजमा यी नेतालाई ‘नो इन्ट्री’

१४ भाद्र २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – बिमस्टेकको १४ औँ शिखर सम्मेलनमा भाग लिन आएका सबै शीर्ष पाहुनालाई राष्ट्रपति विद्या भण्डारीले दिवा भोजको आयोजना गर्नेछिन् । उनीहरूलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गरे ।
बिमस्टेक शिखर सम्मेलनमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेद, श्रीलंकाली राष्ट्रपति मैत्रीपला सिरिसेना, म्यानमारका राष्ट्रपति विन्ट मिन, थाईल्याण्डका प्रधानमन्त्री प्रयुच चाओचा र भुटानका प्रधानन्यायाधीश छिरिङ वाङचुकका राष्ट्रपति भण्डारीले शीतल निवासमा दिवाभोज आयोजना गरेकी हुन् ।
दिवाभोज अघि नेपालसहित सात वटै राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुसँग राष्ट्रपतिले संक्षिप्त बैठक गर्ने कार्यक्रम छ । सो संक्षिप्त बैठकमा राष्ट्रपतिले सबै शीर्ष पाहुनाहरुलाई स्वागत गर्नुका साथै बिमस्टेक शिखर सम्मेलन सफलताको शुभकामना दिनेछिन् ।
बिमस्टेक राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसँग राष्ट्रपति भण्डारीले गर्ने बैठकमा उपराष्ट्रपति नन्दबहादुर पुनपनि हुनेछन् । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी र चिफ अफ प्रोटोकल दीपक अधिकारी सहभागी हुनेछन् ।
शीर्ष पाहुनाहरुसँगको बैठक सकिएलगत्तै राष्ट्रपति कार्यालय परिसरभित्रै आयोजना गरिएको दिवाभोजमा अन्य पाहुनाहरुलाई पनि निमन्त्रणा दिइएको छ ।
तिनमा राष्ट्राध्यक्ष र सरकार प्रमुखका श्रीमान् वा श्रीमति, परराष्ट्रमन्त्री मात्र छन् । विपक्षी दलका नेता, पूर्व प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश लगायतका नेताहरुलाई बिमस्टेक राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुलाई दिइने दिवाभोजमा निम्तो दिइएको छैन् ।
राष्ट्रपति र शीर्ष पाहुनाहरुबीचको बैठक करिव आधा घण्टाको हुनेछ भने त्यसपछि दिवाभोज सुरु हुनेछ ।
बैठक र दिवाभोजको कार्यक्रम सकिएपछि अपरान्ह ४ बजेदेखि कालिमाटीस्थित सोल्टी होटलमा बिमस्टेक शिखर सम्मेलन सुरु हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: