
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- ग्राहकले धरौटीमा राखेको सुन अपचलन गर्ने बैंकका कर्मचारी प्रहरीको फन्दामा परेका छन् । प्राइम कमर्सियल बैंकका कर्मचारीलाई प्रहरीले पक्राउ गरेसँगै यस्तो सुन अपचलनको रहस्य बाहिर आएको हो । बैंकको कमलपोखरी शाखाका अमितराज बज्राचार्य र ऋणीहरू लभ बराइली तथा उमेशराज बराइलीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुबिरुद्ध उच्च अदालत पाटनबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
यस्तै सोहि अभियोगमा सिटिजन्स बैंकका वरिष्ठ र कनिष्ठ सुन जाँचकीलाइ पनि प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान ब्यूरोले मंगलबार काठमाडौंका विभिन्न स्थानबाट बैंकका वरिष्ठ सुन जाँचकी सामिन शाक्य र सहायक सुन जाँचकी विन्देश शाक्यलाई पक्राउ गरेको हो । सिटिजन्स बैंककै गोप्य स्रोतले दिएको जानकारी अनुसार यसअघि दुइ साखमा भएका सुनकाण्डको पनि अनुसन्धान भित्री रुपमा भइरहेको छ ।
ब्युरोका एसपी सानुराम भट्टराईले अर्थ सरोकार डटकमलाइ दिएको जानकारी अनुसार जम्मा सात किलो चारसय ९७ ग्राम सुन अपुग भएपछि बैंकले अनुसन्धानका लागि आग्रह गरेको हो ।उनले अर्थ सरोकारलाइ दिएको जानकारी अनुसार पक्राउ परेका पाँचैजना बिरुद्ध २ करोड २८ लाख ३८ हजार रुपैयाँ बराबर बैकिंग कारोबारमा हानी नोक्सानी पुर्याएको मुद्दामा अनुसन्धान भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्