×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम लाइफले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ३६.२६% ले वृद्धि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइम लाइफले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ३६.२६% ले वृद्धि

१६ श्रावण २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गत आर्थिक वर्षको चौथो त्रैमासमा प्राइम लाइफ इन्सुरेन्सले खुद नाफा ३६.२६% वृद्धि गरेर २१ करोड ६३ लाख ६७ हजार रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । अघिल्लो वर्ष प्राइमले १५ करोड ८७ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद बिमा शुल्क पनि १ अर्ब ८६ करोड ८४ लाख ५२ हजार रुपैयाँबाट बढेर २ अर्ब २१ करोड २४ लाख ४० हजार रुपैयाँ पुगेको छ । 
यस त्रैमाससम्ममा ३० करोड ५४ लाख ७८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने ९ करोड २२ लाख ३३ हजार रुपैयाँ महाविपत्ति कोषका लागि छुट्याएको छ । प्राइमले १ हजार ४८८ वटा कुल दाबी भुक्तानी गरेको छ । कुल दाबी भुक्तानी हुन बाँकी संख्या ३४ वटा छ । चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ रहेको प्राइमको जगेडा कोषमा ९६ करोड ३४ लाख ७ हजार रुपैयाँ छ ।
बिमा समितिको निर्देशन अनुसार २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन प्राइमले १६०% हकप्रद र १२.५% बोनस दिइसकेको छ । हकप्रद र बोनसपछि मात्र कम्पनीको चुक्ता पुँजी १ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो । यता, कम्पनीले बिमा कोषको आकार पनि ४ अर्ब ८२ करोड ६४ लाख ४८ हजार रुपैयाँबाट बढाएर ६ अर्ब ५३ करोड ९८ लाख ९१ हजार रुपैयाँ पुर्याउन सफल भएको छ ।
प्राइमको प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्ष ३२ रुपैयाँ ५३ पैसा रहेको प्रतिसेयर आम्दानी यो त्रैमासमा १२ रुपैयाँ १२ पैसामा खुम्चिएको छ । प्रतिसेयर नेटवर्थ पनि २९४ रुपैयाँ ८२ पैसाबाट घटेर १५९ रुपैयाँ १४ पैसामा सीमित भएको छ । चुक्ता पुँजी वृद्धिसँगै प्रतिसेयर आम्दानीमा असर परेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी