Skip to content
LAXMI SUNRISE BANK

मेरो स्वास्थ्य रेस्लिङ र म्याराथनलार्इ उपयुक्त छैन तर १८ घण्टा खट्छु : प्रम ओली

अर्थ सरोकार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलार्इ लिएर सधै टिकाटिप्पणी भर्इरहेका बेला उनले १८ घण्टासम्म खट्न सक्ने क्षमता आफुसंग भएको सार्वजनिक दाबी गरेका छन् । एपीवान टेलिभिजनको एक अन्तर्वार्तामा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे प्रश्न गरिएको थियो। “मेरो स्वास्थ्य रेस्लिङलाई त्यति उपयुक्त छैन, म्याराथनलाई पनि त्यति उपयुक्त छैन, कुस्ती खेल्न पनि त्यति जान्न, बक्सिङ पनि मेरो विधा होइन” जवाफमा प्रधानमन्त्री ओलीले भने “१८ घण्टा काम गर्नलाई खाँचो छैन।”
प्रधानमन्त्री ओलीले स्थानीय तहमा बढार्इएको कर स्वभाविक भएको बताए। संविधानमा नै स्थानीय तहलार्इ कर उठाउने अधिकार दिर्इएको र त्यही अनुरुप कर बढेको जीकिर गर्नुभयो। नयाँ संरचनामा गएको हुनाले मुलुकमा के नमिले जस्तो देखिएपनि छिट्टै जनताले प्रत्यक्ष अनुभुति गर्नेगरी काम हुने प्रधानमन्त्री ओलीको भनार्इ छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK