×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रोग्रेसिभ फाइनान्सको २८१% हकप्रद सेयर आजदेखि बिक्री खुला, असोज ८ सम्म भर्न पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रोग्रेसिभ फाइनान्सको २८१% हकप्रद सेयर आजदेखि बिक्री खुला, असोज ८ सम्म भर्न पाइने

५ भाद्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्रोग्रेसिभ फाइनान्सले मंगलबारदेखि २८१% हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले १ः२.८१ अनुपातमा ५९ लाख १ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यो हकप्रद साउन २२ गतेसम्म कायम रहने सेयरधनीले असोज ८ गतेसम्म भर्न सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी काठमाडौं तथा सनराइज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल, धरान, नारायणगढ, नेपालगञ्ज, दमक, राजविराज र लहान शाखाबाट आवेदन दिन सकिन्छ । प्रोग्रेसिभको केन्द्रीय कार्यालय न्यूरोड, काठमाडौं र बनेपा शाखाबाट पनि हकप्रदमा आवेदन दिन सकिन्छ । 
यसैगरी, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्ने व्यवस्था गरिएको छ । हाल प्रोग्रेसिभको चुक्ता पुँजी २१ करोड रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ८० करोड १ लाख रुपैयाँ पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी