×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बलात्कारका घटना रोक्ने फरक उपाय : ‘रेडलाइट एरिया बनाऔँ, विवाह गर्न होइन बच्चा जन्माउने उमेरहद तोकौं’

  • रामु खनाल
प्रसिद्ध लेखिका तसलिमा नसरिन भन्छिन् , ‘सम्पुर्ण पुरुष मनमनै महिलाको बलात्कार गर्छन् ।’ यो भनाइमा केहि हदसम्म सत्यता लुकेको छ । मनमनै महिलाको बलात्कार गर्ने बैकल्पिक उपाय नहुँदो हो त समाजमा यौनजन्य अपराध अझ धेरै बढ्ने थियो । नेपालमा यौनजन्य अपराध बढ्नुको कारण यौनजन्य गतिविधिलाई निकै सन्कुचित रूपमा हेरिनु , निकै गोप्य राखिनु , यसको बारेमा खुला रूपमा बोल्न , लेख्न तथा छलफल गर्न हिचकिचाउनु । जुन कुरालाई निकै दबाएर राखिन्छ त्यो अवश्य नै बिष्पोट हुन्छ । यदि नेपालमा पनि अन्य राष्ट्रमा जस्तो यौनलाई खुला रूपमा ब्यवसायिक तवर बाट ब्यवस्थित गरिएको हुदो हो त कसैको कुन्ठित यौन इच्छा तृप्तिकै लागि हजारौ निर्मलाहरु बलात्कृत हुनुपर्ने थिएन, यौन पिपासुहरुबाट हजारौं निर्मलाहरुले अकाल मै ज्यान गुमाउनु पर्ने थिएन । चियाको तलतल मेटाउन चिया पसलमा गए जस्तो यौनको तलतल मेटाउन यौन पसलमा जाने थियोे ।
अहिलेको नयाँ संहिताले २० बर्ष नपुगी विवाह गर्न नपाईने भनेको छ । यसरी बिबाह गर्ने उमेर बढाउँदा बलात्कारका घटनाहरु झनै बढाउँछ । सरकारले यस कुराको बारेमा बेलैमा ध्यान दिनु जरुरी छ । खानपान लगायत अन्य कारणहरुबाट मानिसहरूमा तन्दुरुस्ती बढदो छ । अहिले १५-१६ बर्षको उमेर नै मानिस लक्का जवान भइसक्छन । अत: विवाह गर्ने उमेर २० बर्षमा होईन १८ बर्षमा झार्नुपर्छ, सकिन्छ भने १६ बर्ष मै झार्नु उपयुक्त हुन्छ । यौन दवाएर राख्दा नै अहिले मानिसको ज्यान जाने अवस्था आउने गरेको छ । यौनलाई जति सक्यो उति सरलिकृत गर्नुपर्छ । बरु आफुहरु सक्षम नभई बच्चा जन्माउनु हुदैन भन्ने सन्देश समाजमा प्रवाह गराउनुपर्छ । 
बलात्कारजन्य अपराध घटाउन बिबाह गर्ने उमेर बढाउने होईन कि घटाउनु उपयुक्त हुन्छ । पुरुषले मनमनै महिलाको बलात्कार गरे जस्तो महिलाले पनि मन मनै चमत्कार गर्छन् । पुरुषले जस्तो महिलाले बलात्कार त गर्दैनन् तर कसै न कसैलाई मन मुटुमा सझाएर राखेका हुन्छन् । जहाँ हरेक कुरा समझदारीबाटै निर्णय गरिने हुँदा त्यहाँ चमत्कारिक हुन्छ । यौन पुरुषलाईमात्र होइन महिलालाई पनि त्यतिकै आवश्यक छ । मुख्य कुरा यौनको दुरुपयोग हुनु हुँदैन । बिश्वको प्रत्येक घर नै बिशाल यौनशाला हो । यहाँ प्रत्येक घरघरमा नै यौनजन्य गतिविधि गरिन्छ । बिश्वको प्रत्येक घर घरमा हुने गतिविधिको बारेमा हामी बोल्न , लेख्न डराउने, लजाउने ?
नेपालमा दिनानुदिन बढ्दै गइ रहेको बलात्कार पछि हत्याको एक कारण सुरक्षित यौन शिक्षाको कमि पनि हो । यौन बिसर्जन गर्ने सुरक्षित स्थानको अभाव हुनु हो । यौन सम्पर्क भएको समाजले थाहा पाएमा समाजले बनाउने नकारात्मक सोचको उपज पनि हो । सुरक्षित यौनजन्य गतिविधिलाई समाजले सकारात्मक रूपमा लिनुपर्छ ।गास , बास , कपास र सहबास शरीरका लागि अत्यावश्यक कुरा हुन् । एक अर्धनग्न मोडलले हजारौं पुरुषहरुलाइ उत्तेजित गराउछे तर एक बेश्याले हजारौं उत्तेजित पुरुषहरुलाइ सिथिल बनाउछे जसको कारण हजारौं निर्मलाहरुलाइ बलात्कृत हुनबाट जोगाउंछे । 
अत: हजारौं निर्मलाहरु बलात्कृत भइ हत्या हुन बाट जोगाउन नेपालमा अर्धनग्न मोडेलहरुको बिकास होईन ब्यवस्थित एवं सुरक्षित यौन पसलहरुको बिकास हुन जरुरी छ । जसको लागी निर्मालाको बलात्कार पछि हत्या गर्ने हत्यारा महिनौ सम्म समात्न नसक्ने तर सहमति मै होटलमा बसेका जोडीहरु भने तत्काल समात्ने प्रहरी हुनुहुदैन । प्रहरी मेरो साथी नारामा मात्र होइन साच्चिकै व्यबहारमा पनि लागु हुनुपर्छ । बलात्कार घटाउने हो भने उत्तेजित बनाउने भड्किलो पोशाक पहिरनमा रोकथाम लगाउनु पर्छ । लामो समय सम्म वैदेशिक रोजगारमा रहने केहि साथीहरू फर्केर आउदा न त सम्पत्ति नै रहन्छ न त दम्पती नै । फुल्यो निमपत्ता फर्केर आउदा श्रीमती बेपत्ता हुने गर्छ । यो पनि समाजमा ठुलो समस्या रहेको छ । 
यसको प्रमुख कारण लामो समय श्रीमान बिदेशमा रहदा श्रीमतीमा यौन चाहना भइ रहने तर त्यसको समाधानको लागि महिलाले गलत बाटो अङ्गाल्नु पर्ने बाध्यत्मक अवस्था पनि हो । यौन चाहना महिला तथा पुरुष दुबैमा हुने प्राकृतिक स्वरुप हो । यसलाई सामान्य रूपमा लिनु पर्छ । यसलाई दवाएर राख्दा नै समाजमा विभिन्न स्वरुपमा बिष्पोट हुने गरेको छ । अत: गास , बास , कपास जस्तै सहबास पनि मानिसको आधारभुत आवश्यकता हो । गास , बासको लागि हरेक शहरमा होटल , लज खोले जस्तै सहबासको लागि पनि हरेक शहरमा सुरक्षित एवं ब्यवस्थित रूपमा महिला तथा पुरुष दुबैको यौन चाहना मेटाउन मिल्ने खालको पसल खोल्नु पर्छ । एक शहर एक रेड लाइट एरियाको अवधारणा अगाडि ल्याउनुपर्छ । 
उक्त क्षेत्रलाई ब्यवस्थित गर्नु पर्छ । त्यहा काम गर्ने हरेक महिला पुरुषको नियमित स्वस्थ्य परिक्षण गर्ने ब्यवस्था गर्नुपर्छ । होटल , लजले सरकारलाई कर तिरे जस्तो यौन पसलले पनि सरकारलाई कर तिर्ने ब्यवस्था मिलाउनु पर्छ । यौनलाई सरलिकृत गरौं । यौनकुन्ठा कै कारण उत्पन्न हुने बलात्कार हुने , बलात्कार पछि हत्या जस्तो जघन्य अपराध कार्यलाई निरुत्साहित गर्न एक शहर एक रेडलाइट एरिया निर्माण गरौं । यौनलाई दबाएर नराखौ । यौनको बारेमा खुलेर कुरा गरौं , छलफल गरौं तर यौनजन्य जघन्य अपराध कहिलै नगरौं ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: