
काठमाडौँ – कक्षा १२ को नतिजा प्रकाशित भएको छ। नतिजा प्रकाशनका लागि बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठक सकिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक कृष्ण शर्माले नतिजा प्रकाशित भएको र सर्भरमा अपलोड भइरहेको जानकारी दिए । ‘बैठक सकियो । नतिजा प्रकाशनको निर्णय भयो । सर्भरमा अपलोड भइरहेको छ । केहीबेरमा सबैले नतिजा हेर्न सक्नुहुन्छ ।’
बोर्डले विगतमा विज्ञान संकायको नतिजा अन्य संकायको भन्दा पहिला नै प्रकाशित गर्ने गरेपनि यस वर्ष सबै संकायको नतिजा एकैपटक प्रकाशन भएको हो ।
नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट लगयतका वेबसाइटमा हेर्न सकिन्छ । १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।
सबै संकायमा गरेर १२ को नियमित परीक्षामा दुई लाख ९९ हजार ६७५ जना उत्तीर्ण भएका छन् । आंशिक परीक्षातर्फ एक लाख १७ हजार ४१४ जना उत्तीर्ण भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्