×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिडी हाइड्रोपावरले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ४५५.६८% वृद्धि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रिडी हाइड्रोपावरले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ४५५.६८% वृद्धि

५ भाद्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –   रिडी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा लोभलाग्दो प्रगति गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षमा खुद नाफा ४५५.६८%ले वृद्धि गरेर १४ लाख ७ हजार ४१५ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष रिडीले २ लाख ५३ हजार २७७ रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
प्रशासनिक खर्च ह्वात्तै घटेकाले नाफा सुधार्न सहयोग पुगेको देखिन्छ । अघिल्लो वर्ष ३३ लाख ३४ हजार २ सय ८३ रुपैयाँ प्रशासनिक खर्च भएकामा यसपटक १० लाख २३ हजार रुपैयाँमात्र यस्तो खर्च भएको देखिन्छ । यस आधारमा २३ लाख १० हजार ३३३ रुपैयाँले यस्तो खर्च घटेको हो । यस्तै, अन्य अप्रत्यक्ष खर्चहरु पनि घटेको देखाइएको छ । 
रिडीको विद्युत बिक्रीबाट हुने आम्दानी भने २ लाख ४७ हजार ३३० रुपैयाँले घटेर ७५ लाख ९३ हजार ४६२ रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष विद्युत बिक्रीबाट ७८ लाख ४० हजार ७९२ रुपैयाँ आम्दानी भएको थियो । 
कम्पनीको सेयर पुँजी पनि ४७ करोड २२ लाख ३० हजार रुपैयाँबाट बढेर ५० करोड १० लाख रुपैयाँ पुगेको छ । रिजर्भ कोषमा ३ करोड ५० लाख ६७ हजार ६६३ रुपैयाँ छ । चुक्ता पुँजीको आधारमा हेर्दा रिजर्भ कोष सबल देखिंदैन । प्रतिसेयर आम्दानी ७ रुपैयाँ (वार्षिक) रहेको रिडीको प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी