
रोल्पा – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड, पाेलिटब्यूराे र केन्द्रीय सदस्यहरुलाई तत्काल रिहा गर्न माग गर्दै रोल्पाबाट ओली-प्रचण्डलाई चेतावनी आएको छ । नेकपाका रोल्पा सेक्रेटरी प्रयासले आफ्नो पार्टीका नेता कार्यकर्ताहरुलाई बिनासर्त तत्काल रिहाइ नगरे देशमा आँधी हुरी आउने चेतावनी दिएका छन् ।
भण्डाफोर तथा ध्रुवीकरण एवं योङ्ग रेड फोर्स लुंग्रीको सम्मेलनको उद्घाटन गर्दै सेक्रेटरी प्रयास पार्टीका स्थायी समिति सदस्य प्रकाण्डलाई सामाजिक दलाल सरकारले गैरन्यायिक एवं गुण्डाशैलीमा गिरफ्तार गरेको आरोप लगाउँदै विनाशर्त चाँडै रिहाईको माग गरे । आफुहरुले देशमा युद्ध नचाहेको प्रष्ट पार्दै सरकारले नै पार्टीका नेता कार्यकर्ताहरुलाई विना कारण गिरफ्तार गरी झुठो मुद्दा लगाएर अघोषित युद्ध शुरु गरेको भन्दै आक्रोश व्यक्त गरे ।
“हामीहरू कसैलाई मार्ने र मर्ने खेलमा छैनौं तर कसैले देशको स्वाभिमानमा आँच आउने काम गर्छभने, कसैले देशको ढुकुटीमाथि ब्रम्हलूट गरेर भ्रष्ट गर्छ भने त्यसलाई जनताको माझमा जनताकै आदेशानुसार कारवाही गर्छौं” उनले थपे -“हामीले कुनै पार्टीका दलाल, भ्रष्ट नेताहरुलाई जनकारबाही गर्दा गाउँघरमा त्यसका फ्याउराहरुले डाको छोडेर विरोध गर्छन् भने त्यसलाई पनि छोडिन्न तर नेता त हाम्रै हो बदमासी गर्थ्यो कारबाही भयो ठीकै भयो भन्छ भने फरक पार्टीमा भए पनि कुनै प्रवाह छैन र त्यसलाई हाम्रो मित्र नै मान्छौं ।”
नेपाली युवाहरूले विदेशमा पसिना बगाएर कमाएको पैसाले कर तिर्न पनि नगुग्ने दाबी गर्दै नेता प्रयासले यस्ता प्रकारको कर तिर्न जनतालाई कुनै कर नभएको समेत बताए ।
“देशमा इमान्दार, क्षमतावान एवं राजनीतिक व्यक्ति भन्दा पनि अधिकांश कर छल्ने, भ्रष्ट, दलाल तथा ठेकेदारहरुले चुनावी टिकट प्राप्त गरी जितेका छ्न् । अहिले तिनै जितेकाहरुले चुनावी खर्च निकाल्न जनताहरुलाई महंगो करको भारी जबर्जस्त बोकाइएको छ, यो जन सेवा होइन ।” उनले अगाडि थपे -“जनताले भोट हालेर जिताएको स्वयंसेवक भएर सेवा गर्लान् भनेर हो । यसरी चर्को कर संकलन गरेर तलब भत्ता खालान् भनेर होइन ।”
सोही कार्यक्रमलाई संबोधन गर्दै नेकपा रोल्पाका सचिवालय सदस्य हेमन्तले आफुहरु वास्तविक शान्ति र समृद्धिभन्दा टाढा नगएको बताउँदै शान्ति र समृद्धिको लागि बलिदान दिन पनि पछि नहट्ने उद्घोष गरे । यसैगरी योङ्ग रेड फोर्स रोल्पाका अध्यक्ष पृथ्वीले सरकारले नेपाली युवाहरूलाई देशमै रोजगारको प्रशस्त संभावना हुँदाहुँदै पनि विदेशतिर लगेर बेचेको आरोप लगाउँदै त्यसको विरुद्धमा सम्पूर्ण युवाहरू एक जुट भएर लड्न अपिल गरे ।
नेकपा एमाले, माले, माके, जनमोर्चा तथा नेपाली काँग्रेसका गरी झण्डै तीन दर्जन स्थानीय नेता तथा कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए भने स्थानीयको बाक्लो सहभागिता रहेको उक्त कार्यक्रमले लिलाबहादुर जिसीको अध्यक्षतामा ४ जना पछि थप्ने गरि २५ सदस्यीय योङ रेड फोर्स, लुंग्रीको समेत निर्माण गरेको छ ।
दिनेशको संचान तथा टाइगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जलजला जनसाँस्कृतिक परिवारको बेजोड साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्