×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएसडीसी लघुवित्तको भयो आकर्षक प्रगति, खुद नाफा १२०% वृद्धि हुनुमा यस्तो छ कारण

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आरएसडीसी लघुवित्तको भयो आकर्षक प्रगति, खुद नाफा १२०% वृद्धि हुनुमा यस्तो छ कारण

Artha Sarokar

१६ श्रावण २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  गत आर्थिक वर्षको चौथो त्रैमासमा आरएसडीसी लघुवित्त वित्तीय संस्थाले ३ करोड ७७ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा रकम अघिल्लो वर्षको भन्दा १२०.६१% धेरै हो । अघिल्लो वर्ष आरएसडीसीले १ करोड ७१ लख १ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
यस्तै, खुद ब्याज अम्दानी पनि ९१.३५% ले बढाएर ७ करोड २ लाख ९० हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यस कम्पनीले ३ करोड ६७ लाख ३२ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि २ करोड ६८ लाखबाट बढेर ५ करोड ८९ लाख २२ हजार रुपैयाँ पुगेको छ । खुद नाफालाई खुद ब्याज आम्दानी र सञ्चालन नाफाले टेवा पुर्याएको देखिन्छ ।
आरएसडीसीको चुक्ता पुँजी ३५ करोड ९९ लाख ५० हजार रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १३ करोड १३ लाख ३ हजार रुपैयाँ छ । अघिल्लो वर्ष चुक्ता पुँजी १२ करोड ९९ लाख रुपैयाँ र रिजर्भ कोषमा ९५ लाख ५८ हजार रुपैयाँ मात्र थियो । 
खराब कर्जा थोरैले बढेर ०.०३% कायम भएको छ । अघिल्लो वर्ष खराब कर्जा ०.०१% मात्र थियो । प्रतिसेयर आम्दानी १० रुपैयाँ ४८ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १३६ रुपैयाँ ४८ पैसा छ । चुक्ता पूँजी बढाउन आरएसडीसीले हाल ६०% हकप्रद सेयर बिक्री खुला गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी