
- अर्थ सरोकार सम्बाददाता
घोराही- घोराहीको गोग्लीस्थित घोराही सिमेन्ट उद्योगका उत्पादनहरु गुणस्तरहीन रहेको पुष्टी भएको छ । उद्योगले उत्पादन गरेको ओपिसि सिमेन्ट गुणस्तरहीन भएको पाइएपछी जिल्ला प्रशासन कार्यालयले सो सिमेन्टको उत्पादन तथा विक्री वितरणमा रोक लगाएपछी यस्तो खुलासा भएको हो । घोराही सिमेन्ट उद्योगले उत्पादन गरेको ओपिसि सिमेन्ट गुणस्तर अनुरुप नभएको भन्दै जिल्ला प्रशासन कार्यालय वर्दियाले दाङको जिल्ला प्रशासन कार्यालयलाई गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर एकीन नभएसम्म सिमेन्टको उत्पादन बिक्री वितरण रोक्का राख्न पत्राचार गरेको छ ।
अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार गत जेठ ३१ गते बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा बजार अनुगमनको क्रममा घोराही सिमेन्ट उद्योग दाङबाट उत्पादित सगरमाथा ब्राण्डको ओपिसि सिमेन्टको नमूना गुणस्तर तथा नाप तौल विभागमा गुणस्तर परीक्षणको लागि पठाइएकोमा गुणस्तर अनुरुप नभएको परीक्षण प्रतिवेदन प्राप्त भएपछि वर्दिया जिल्ला प्रशासनले यस्तो प्रक्रिया चालेको हो । यसअघि पनि सिमेन्ट गुणस्तरहीन भएको भन्दै थुप्रै उजुरी प्रशासनमा परेको स्थानीयहरुको भनाइ छ ।
प्रशासन कार्यालयका अनुसार गुणस्तरहीन समान उत्पादन गरेको भन्दै उद्योगलाई कालो बजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारवाही गर्नको लागि प्रकृया अगाडी बढाईएको बताएको छ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै जिल्ला प्रशासन कार्यालय वर्दियाका सूचना अधिकारी महेन्द्र जङ्ग शाहले गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर यकीन नभएसम्म सिमेन्टको उत्पादन बिक्री वितरण रोक्का राख्न जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचार गरिएको बताएका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्