Skip to content
LAXMI SUNRISE BANK

सगरमाथा इन्स्योरेन्सको खुद नाफा ३३ करोड ३० लाख ८४ हजार रुपैयाँ, प्रति सेयर आम्दानी ६१.८८ रुपैयाँ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सगरमाथा इन्स्योरेन्सको कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार उक्त कम्पनीले खुद नाफा ३३ करोड ३० लाख ८४ हजार रुपैयाँ कमाएको छ । 

कम्पनीको चुक्ता पुँजी ५३ करोड ८२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५१ करोड ७८ लाख रुपैयाँ छ  यता विवरण अनुसार बिमा कोषमा ४८ करोड ८७ लाख रुपैयाँ छ भने यसको महाविपत्ती जगेडा कोषमा ७९ लाख रहेको छ । यता कम्पनीले गत वर्ष बिमा शुल्क आर्जनबाट १ अर्ब ८३ करोड ८० लाख कमाएको छ । यसले ९ लाख ९ हजार १६९ वटा बिमालेख जारी गरेकोमा नवीकरण भएका विमालेखको संख्या जम्मा ४२ हजार ८२५ मात्रै छ ।
यसले गत आवमा दाबी भुक्तानीमा ३२ करोड ५२ लाख रुपैयाँ खर्चिएको छ । यसको भुक्तानी हुँन बाँकी रकम अझै ३७ करोड ६४ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी ६१.८८ रुपैयाँ र प्रति शेयर नेटवर्थ ३०१.७४ रुपैयाँ रहेको छ ।

हेरौं सगरमाथा इन्स्योरेन्सको कम्पनी लि.को वित्तीय विवरण जस्ताको त्यस्तै :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK