
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सहारा विकास बैंकको १० लाख ४४ हजार २५६ कित्ता सेयर लिलामीमा आउने भएको छ । बैंकले बिक्री खुला गरेको १८ लाख २४ हजार ८७० कित्ता हकप्रद सेयर मध्ये ७ लाख ८० हजार ६१४ कित्ताका लागि मात्र आवेदन परेको छ । बिक्री नभएको १० लाख ४४ हजार २५६ कित्ता हकप्रद अब लिलामी प्रक्रियाबाट बिक्री गर्नुपर्ने हुन्छ ।
सहाराले बिक्री खुला गरेको २५०% हकप्रद सेयर मंगलबार (साउन २२ गते) बाँडफाँट भएको हो । यस हकप्रदमा ३ हजार ७७९ जनाले आवेदन दिएका थिए । बैंकले जेठ ६ गतेदेखि असार २४ गतेसम्म १८ लाख २४ हजार ८७० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
हाल सहाराको चुक्ता पुँजी ७ करोड २९ लाख ९४ हजार रुपैयाँ छ । हकप्रद र बाँकी रहेको सेयर बिक्रीपछि चुक्ता पुँजी २५ करोड ५४ लाख ८१ हजार रुपैयाँ पुग्नेछ । सहारा देवः विकास बैंकमा मिसिने प्रक्रियामा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्