×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिलाको खुद नाफा ५.७८% ले गिरावट, तर खराब कर्जा भने ०.७८% वृद्धि

PRIME CA

सांग्रिलाको खुद नाफा ५.७८% ले गिरावट, तर खराब कर्जा भने ०.७८% वृद्धि

अर्थ सरोकार

२२ श्रावण २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गत आर्थिक वर्षको चौथो त्रैमासमा सांग्रिला डेभलपमेन्ट बैंकले खुद नाफा ५.७८% घटेर ३२ करोड ७६ लाख ६४ हजार रुपैयाँ मात्र कमाएको छ । अघिल्लो वर्ष बैंकले ३४ करोड ७७ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यता, बैंकले खुद ब्याज आम्दानी भने ११.०२% ले बढाएर ७८ करोड ८० लाख ९ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष सांग्रिलाले ७० करोड ९७ लाख २७ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । तर सञ्चालन नाफा भने ५३ करोड ८६ लाखबाट घटेर ५१ करोड ४४ लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ ।
बैंकले यो त्रैमाससम्ममा १७ अर्ब ७८ करोड ४२ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गर्दा १४ अर्ब ६५ करोड ९१ लख २४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष बैंकले १३ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । हाल सांग्रिलाको चुक्ता पुँजी २ अर्ब ५० करोड ६३ लाख ५० हजार रुपैयाँ छ भने रिजर्भ कोषमा ६३ करोड ५३ लाख १ हजार रुपैयाँ छ । बैंकको खराब कर्जा पनि बढेर ०.७८% कायम भएको छ । 
अघिल्लो वर्ष खराब कर्जा ०.६०% थियो । बैंकको कस्ट अफ फन्ड पनि ७.८९% बाट बढेर ९.०७% रहेको छ । सांग्रिलाको कर्जा निक्षेप अनुपात भने ७५% बाट घटेर ७०.१०% मा सीमित भएको छ । यता बैंकको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको तुलनामा आधाले घटेको छ । अघिल्लो वर्ष २६ रुपैयाँ ५३ पैसा रहेको सांग्रिलाको प्रतिसेयर आम्दानी यो त्रैमासमा १३ रुपैयाँ ०७ पैसामा खुम्चिएको छ । बैंकको प्रतिसेयर नेटवर्थ पनि १४२ रुपैयाँ ३९ पैसाबाट घटेर १२५ रुपैयाँ ३५ पैसामा झरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: