काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृतमा सुयोग श्रेष्ठ नियुक्त भएका छन् ।
भाद्र ८ गते शुक्रवार बसेको विकास बैंकको सञ्चालक समितिको २१४ औं बैठकले श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठ यस अघि तत्कालीन एस डेभलपमेन्ट बैंकको प्रमुुख कार्यकारी अधिकृत थिए ।