×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘सेयर बजारको गाइजात्रा गन्थन’

  • रामु खनाल 
अहिले सेयर बजार घटिरहेको छ, लगानीकर्ताहरुको सम्पत्ति घटिरहेको छ, लगानीकर्ताहरु पीडामा छन् । पीडा छ भन्दैमा कुराकानी गर्न नै बन्द गर्नु भएन । एक ब्रोकर अफिसमा भएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । हास्नु स्वास्थ र स्वास्नी दुबै जनाको लागि उत्तिकै फाइदा जनक छ । 
जब बजार बढ्दो क्रममा थियोे, आम्दानी राम्रो थियोे, घरमा बुढीले पनि आइस्योस, गइस्योस भन्दै सम्मान गर्थिन् । जब बजार घट्यो , आम्दानी घट्यो अनि बुढीको ब्यवहार पनि फेरियो । आइस्योस , गइस्योस भन्ने त कहाँ हरायो कहाँ,अहिले बजार जान्छु भन्दा पनि आखा तरेर हेर्छिन, राती सुत्दा पनि उता फर्केर सुत्छिन् । यस्तै हो भने त शेयर बजारले हाम्रो दाम्पत्य जिवनमा नै असर पुर्याउला जस्तो छ । यो एक जना लगानीकर्ताको भनाइ हो । यस भनाइलाई सहि थाप्दै एकजना महिला लगानीकर्ता भन्नुहुन्छ, बजार घटेर चौपट भयो, रातीमा निद्रा लाग्दैन , रातीमा निद्रा नलागेको देखेर बुढाले शंका गर्दै भन्नुहुन्छ, यसको कोसँग चक्कर चलेको छ, उसलाई सम्झिदै होली भन्दै रिसाउनुहुन्छ । 
सेयर बजारले हाम्रो पनि घरबार नै बिगार्ला जस्तो पो भयो । के गरौं, के गरौं । त्यतिकैमा युवा लगानीकर्ता थप्नुहुन्छ, तपाई विवाहितहरुको त शेयर बजारले घरबार नै बिगार्ला जस्तो भयो । मेरो त विवाह नै नहोलाजस्तो भयो । पहिला-पहिला बजारमा राम्रा-राम्रा युवती लगानीकर्ताहरु आउंथे, कुराकानी हुन्थ्यो , सम्बन्ध अगाडि बढ्ला बढ्ला जस्तो लागेको थियोे । अहिले बजार आउनै छाडे, भेटघाट नै हरायो । पीडा छ हजुर पीडा । यतिकैमा एक जना युवती थप्नुहुन्छ , सेयरमा लगानी गर्नेले टन्न कमाउछन् , टन्न कमाउने एक जनालाई पट्याउंला भनेको त अहिले बजार घटेर सबैको अनुहार सधै घिरौलाको तरकारी खाए जस्तो छ । यस्तोको चक्करमा लाग्नु भन्दा अन्यत्र नै ठिक होला । 
यतिकैमा ब्रोकर अफिसमा चिया ल्याउँदै गर्दा ब्रोकरको साउजी यताउता घुम्दा फ्याट कुरा फुकाल्छन्, यिनिहरुले घाटा खाएको केहि रकम त मेरो चियाबाट नै उठाउलान् जस्तो छ । अहिले चिया दिन छाडेपछि नआउलान् भन्ने पिर । के गर्ने के गर्ने । बजार घटेकोले सबैका पीडा आ-आफ्नो ठाउँमा छन् । तर पनि आफ्नो धैर्यता गुमाउनु हुँदैन । 
त्यतिकैमा एक जना मित्रले थप्नुभयो , दिनभरि बजार रातो देख्दा तर्सेर हो कि क्या हो घरमा बुढी रातो कपडा लगाएर आउँदा पनि तर्सेछु । अनि डाक्टरकहाँ गएर चेक गर्दा अहिले उहालाई रातो रंगसँग एलर्जी छ, उहाँको वरिपरि रातो कपडा लगाएर नजाउनु भनेपछि घरमा बुढिलाई रातो कपडा बन्द गरिएको छ । त्यतिकैमा बैंकबाट ऋण लिएर लगानी गर्ने लगानीकर्ताले भन्नुभयो, जब बैंकबाट मार्जिन कलको लागि फोन आउँछ, म अहिले उपत्यका बाहिर छु भनेर टार्ने गर्या छु, आएर मिलाउछु भनेको छु । के गर्नु हुलचालमा जिउ जोगाउनु अनिकालमा बीउ जोगाउनु भन्छन् क्यार ! त्यतिकैमा अर्कोले थप्नुभयो , बजार बढेको देखेर श्रीमतीको गहना पनि भनिएन , पेवा पनि भनिएन सबै यसमै हालियो, अहिले सबै पैसा यहि फस्यो, श्रीमती अहिले त्यही रिसले माइत गएर बसेकी छन् । फोन गरेर म लिन आउंछु भन्दा पनि, ‘पर्दैन बजार बड्यो भने आउँछु’ भनेकी छन् , बजार कहिले बढछ र श्रीमती आउलिन भन्दै कुरेर बसेको छु । मेरो जस्तो पीडा त तपाईहरुको छैन होला नि ।’
कुरा हुँदै गयो । त्यतिकैमा ३ बज्यो । बजार आज पनि घटेको समाचार सामान्य भइसकेको थियो । आ-आफ्नो बाटो लाग्नुको कुनै विकल्प थिएन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: