Skip to content
LAXMI SUNRISE BANK

शेरबहादुरकाे प्रस्तावः आमाको संरक्षण गर्न मृत्युदण्डको कानून बनाउँ !

अर्थ सरोकार

काठमाडौँ – पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले बलात्कार र भ्रष्टाचार गर्नेलाई मृत्युदण्डसम्मको सजाय दिनुपर्ने बताएका छन् । शुक्रबार महिला हिंसाविरुद्ध संसदमा पेश भएको संकल्प प्रस्तावमाथि छलफलमा भाग लिँदै पूर्वमन्त्री तामाङले मृत्युदण्डको कानून बनाउन नेपालले अब संयुक्त राष्ट्रसंघमा प्रोटेस्ट हाल्नुपर्ने बताए ।
‘हामीले मृत्युदण्डको कानून नबनाउने गरी संयुक्त राष्ट्रसंघमा हस्ताक्षर गरेका छौं । त्यसैले सरकारले संयुक्त राष्ट्रसंघले यसका विरुद्ध प्रोटेस्ट हाल्नुपर्‍यो’ उनले भने ‘बलात्कार र भ्रष्टाचारमा मृत्युदण्डसम्म जानुपर्छ ।’
कतिपय अपराधमा नेपालमा मृत्युपर्यन्तको सजाय व्यवस्था भए पनि बलात्कार र भ्रष्टाचारमा भने मृत्युपर्यन्तले पनि नपुग्ने उनले बताए । ‘मृत्यु पर्यन्तसम्मको सजायको कानून त बनेको छ तर यस्ता जघन्य अपराधमा त्यो तहसम्मको सजाय गर्नपर्छ’ तामाङले भने । समाजमा आमाहरुको संरक्षणका लागि पनि यस्तो कानून बनाउनुपर्ने उनले बताए ।
कानूनहरु दण्ड दिनका लागि मात्र नभई समाजमा जानकारी गराउन पनि बनाइने भन्दै उनले भने, ‘कानून कसैलाई दण्ड दिनमात्र होइन अरुलाई सिकाउनका लागि पनि हो । यस्ता घटना हुँदा यस्तो कारबाही हुन्छ भन्ने जानकारी समाजमा दिनुपर्ने हुन्छ ।’
समाजमा महिलालाई आमाको नजरले हेर्न सकेमा महिला हिंसाको घटना धेरै कम हुने भन्दै पूर्वमन्त्री तामाङले महिलालाई हेर्ने समाजको विकृत मनस्थितिका कारण पनि समस्या भएको बताए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK