×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बजारमा आएको केहि दिनमै पर्पल बुक अफ ट्याक्स ‘सोल्ड आउट’ ! अर्को संस्करणका लागि ‘प्रि-बुकिङ’ सुरु !

  • रेखा ग्वायमरु / अर्थ सरोकार डटकम 
काठमाडौँ- चार्टड एकाउन्टेन्ट शेष मणि दाहालद्वारा लिखित पुस्तक ‘पर्पल बुक अफ ट्याक्स’ बजारमा सार्वजनिक भएको केहि दिनमै ‘सोल्ड आउट’ भएको छ । सिए शेष मणि दाहालले अर्थ सरोकारलाई दिएको जानकारी अनुसार केहि दिनमै सम्पूर्ण किताव बजारमा विक्री भइसकेको छ । अर्थ सरोकार डटकम संचालक कम्पनीले पनि उक्त पुस्तक अनलाइन मार्फत अर्डर लिइ वितरण गरेको थियो । 
यो अगाध मायाका लागि सबैलाई धन्यवाद, दोश्रो संस्करण छिट्टै आउँछ’ : सिए दाहाल 
‘बजारमा किताव सार्वजनिक भएको दोश्रो दिननै प्रेसमा किताब स्टक क्लियर भएको थियो । लगभग एक हप्ताको दौरानमा बजारमा आएका १५०० किताब विक्री भइसकेका छन् । आइक्यान अगाडीको स्टेसनरीमा केहि पिस बाँकी रहेको र सबै अरु ठाउँमा पुस्तक विक्री भइसकेको जानकारी पाएको छु । अनलाइन अर्डर र वितरणको जिम्मा लिएको शुभम् मिडिया र किताव यात्राबाट पनि किताव सकिएको जानकारी आएको छ । यो अपार मायाका लागि सबैलाई धन्यवाद दिन चाहान्छु ।’ सिए दाहालले अर्थ सरोकारसंग भने ।
वितरकको अनुभव : ‘सोचे भन्दा बढी अर्डर आउँदा एक्सेस प्रेसरमा काम गर्नुपर्यो’
यता कितावको वितरणको जिम्मा लिएका विभिन्न कम्पनीहरुले कितावको अर्डर सोचेभन्दा निकै बढी आएकोले निकै प्रेसरमा कम गर्नु परेको बताएका छन् । कितावको अनलाइन अर्डर र वितरणको जिम्मा लिएको शुभम् मिडिया प्रालिका वितरण प्रबन्धक सरला राउतका अनुसार अत्याधिक अर्डरका कारण कतिपय अवस्थामा डेलिभरीमा केहि ढिलो पनि भयो । ‘कतिलाइ त आज वितरण क्षमता सकियो, किताव भोलि आउँछ समेत भन्नु पर्यो । पाँच तारे होटलदेखि सिएका विद्यार्थीहरुसम्म पुस्तक पुग्यो ।’ वितरण प्रबन्धक राउतले भनिन् ।

केहि समयपछी अर्थ सरोकार डटकम र सिए सरोकार डटकममार्फत कितावको दोश्रो संस्करणको प्रि-बुकीङ सुरु हुने बताइएको छ ।   

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: