
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – शिवम् सिमेन्ट लिमिटेडको आइपीओ भर्ने म्याद अब एक सातामात्र बाँकी रहेको छ । यो आइपिओ मकवानपुरका स्थानीय बासिन्दालाई खुला गरेको गरिएको हो । मकवानपुरबासीले यस आइपीओमा भदौ ११ गतेसम्म मात्र आवेदन दिन पाउनेछन् । शिवम्ले गत साउन १३ गतेदेखि यो आइपीओ खुला गरेको हो ।
कम्पनीले पहिलो चरणमा आइतबारदेखि उद्योग प्रभावितलाई प्रतिकित्ता ३०० रुपैयाँको दरले ८ लाख ८० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । प्रतिकित्ता १०० सय रुपैयाँ फेस भ्यालुमा २ सय रुपैयाँ प्रिमियम थपेर उद्योग प्रभावितलाई आइपीओ दिइएको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
मकवानपुरका स्थानीय बासिन्दाले सी–आस्वाबाट पनि आवेदन दिन सक्नेछन् । तर उद्योग प्रभावित स्थानीयका लागि सी–आस्वा अनिवार्य भने गरिएको छैन । मकवानपुरको हेटौंडामा रहेका महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सिद्धार्थ बैंक, ज्योति विकास बैंक, गरिमा विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक तथा ओम डेभलपमेन्ट बैंकबाट आवेदन आवेदन फारम भर्न सकिनेछ ।
नेपाल बंगलादेश बैंकको हेटौंडा र मकवानपुरगढी, सेन्चुरी बैंकको हात्तिमुडे, भिमफेदी, मनहरी, दामन, बज्रवाराही, हटिया,चौगढ, कामने र बस्तीपुरबाट पनि सेयर भर्न पाइनेछ । यसैगरी, बैंक अफ काठमान्डूको हेटौंडा र कुलेखानी शाखाबाट पनि आइपीओ भर्न सकिन्छ । यसैगरी, शिवमको फ्याक्ट्रि रहेको स्थान र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलबाट पनि सेयर भर्न मिल्ने व्यवस्था छ ।
स्थानीयलाई आइपीओ बिक्री गरिसकेपछि शिवमले फेरि सर्वसाधारणलाई प्रतिकित्ता ४०० रुपैयाँको दरले आइपीओ बेच्नेछ । सर्वसाधारणका लागि कम्पनीले ४४ लाख कित्ता आइपीओ जारी गर्नेछ । शिवम्ले जारी पुँजी ४ अर्ब ४० करोड रुपैयाँको २ प्रतिशत स्थानीयलाई र १० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्