
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्ममा २ अर्ब ७ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले १ अर्ब ४२ करोड खूद नाफा कमाएको थियो ।
विवरण अनुसार बैंकको खूद ब्याज आम्दानी यो वर्ष ३ अर्ब २० करोड छ भने बैंकको वितरणयोग्य नाफा भने २ अर्ब १ करोड रुपैयाँ छ । यता बैंकको संचालन मुनाफालाई ३ अर्ब २२ करोडपुगेको छ भने ३ अर्ब ८५ करोडमा सीमित जगेडाकोष५ अर्ब ८८ करोड छ । यता बैंकले ८ करोड ७२ लाख संभावित जोखिम व्यवस्थापन कोषबाट राइट ब्याक गरेको छ भने समीक्षा अवधिमा यो बैंकले ६७ अर्ब ३८ करोड निक्षेप संकलन गरी ४६ अर्ब १४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ६३ अर्ब ८७ करोड निक्षेप संकलन गरी ३९ अर्ब २६ करोड कर्जा परिचालन गरेको थियो ।
सार्वजनिक भएको विवरण अनुसार बैंकको खराब कर्जा ०.१८ प्रतिशत छ भने कस्ट अफ फण्ड ४.४१ प्रतिशत छ । समीक्षा अवधिमा बैंकमा ७१.६८ प्रतिशत सीडी रेसियो रहेको छ भने प्रतिसेयर आम्दानी घटेर २५.८८ गुणा कायम भएको छ । यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १७३.४६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.९१ गुणा, इक्वीटीमा प्रतिफल १७.५४ प्रतिशत र सम्पत्तिमा प्रतिफल २.५१ प्रतिशत रहेको छ ।



Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्