×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘काठमाडौँभित्र नै एउटा साखाको खातामा अर्को साखाबाट पैसा राख्दा पनि ‘दस्तुर’ लाग्ने सनराइजको यो कस्तो सेवा ?’

  • सुनील अधिकारी 
मेरो नाम सुनील अधिकारी हो । मैले सनराइज बैंकको चावहिल साखाबाट फर्पिङको साखामा रकम राख्दा पनि अतिरिक्त पैसा लाग्छ भन्ने सुन्दा तपाईंमध्ये कतिपयलाई अचम्म लाग्न सक्छ । तर यो मेरो भोगाई हो । काठमाडौँको एउटा साखामा भएको खातामा अर्को साखाबाट पैसा डिपोजिट गर्दा पनि अतिरिक्त रकम लाग्छ भन्ने सुन्दा पहिला त म तीन छक्क नै परें । 
मैले किन यस्तो हो ? काठमाडौँभित्रको सखामा रहेको खातामा काठमाडौँभित्रकै साखाबाट रकम झिक्दा पनि पैसा लाग्छ र ? भन्ने मेरो प्रश्नमा सनराइज बैंकका कर्मचारीहरुले ‘लोन एकाउन्ट’ बाहेक सबैमा यस्तो चार्ज लाग्ने बताए । मेरो अर्जेन्ट रुपमै पैसा राख्नु पर्ने थियो । मैले त्यहाँ विवाद निकाल्नु भन्दा २०० रुपैयाँ पैसा तिरें र खातामा पैसा पनि हालें ।
मैले सनराइज बैंकमात्र हो कि अरु बैंकमा पनि यस्तो हो भनेर बुझें । बुझ्दा काठमाडौँको हकमा एउटा साखाबाट अर्को साखामा पैसा डिपोजिट गर्दा पैसा लाग्ने रहेनछ । मैले केहि चिनेका बैंकर साथीहरुलाई पनि सोधें । सबैको जवाफ थियो, ‘सनराइज बैंकले चाहिं लिन्छ भन्ने सुनेको । अरुले लिएको थाहा छैन । काठमाडौँको एउटा साखाबाट अर्को साखाको खातामा पैसा हाल्दा त अतिरिक्त पैसा नलाग्नु पर्ने हो भन्ने जवाफ आयो सबैको । 
आखिर जनताको पैसामा किन यस्तो लुट ? सोझा जनतालाई जसरी पनि ठग्नु पर्ने हो बैंकले ? नियम सनराइज बैंकलाई मात्र लाग्ने हो ? नियम हो भने त अरु बैंकले पनि त मान्थे होलान् नि ! होइन र ? किन यस्तो दादागिरी देखाईरहेको छ सनराइज बैंक ? यो विषयमा सम्बन्धित सबैको ध्यान जान जरुरी अव भएन र ?
तपाईं पनि ख्याल गर्नुहोस् । सनराइज बैंकमा खाता खोल्ने विचार गर्दैहुनुहुन्छ भने वा सनराइज बैंकमा काम गर्नुहुन्छ भने ख्याल गर्नुहोस् । हामीले आवाज नउठाए कसले उठाउने हो र ? त्यसैले यो आवाज बुलन्द बनाउन बैंकले म र मजस्ता सोझा ग्राहकलाइ ठगेको यो प्रमाण सकेसम्म धेरै ठाउँमा पुर्याउन सहयोग गर्नुहोस !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: