- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सूर्या लाइफ इन्सुरेन्सको लिलामी भर्न अब ३ दिन मत्र समय बाँकी रहेको छ । कम्पनीले संस्थापक समूहको ३ हजार २८९ कित्ता र सर्वसाधारणतर्फ ७१ हजार ९५ कित्ता सेयर गरि जम्मा ७४ हजार ३८४ कित्ता सेयर लिलामीमा ल्याएको हो । यस लिलामीको बोलपत्र साउन २३ गते बुधबारसम्म मात्र पेश गर्न पाइनेछ । सूर्या लाइफको बजारमा सोमबार प्रतिकित्ता ५६० रुपैयाँ आसपासमा सेयर कारोबार भइरहेको छ ।
यसमा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौं तथा सूर्या लाइफको वीरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढी, महेन्द्रनगर र इटहरी शाखाबाट आवेदन दिन सकिनेछ । लिलामीमा न्यूनतम १०० कित्तादेखि संस्थापकतर्फ अधिकतम सबै कित्ता र सर्वसाधारण समूहमा अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइन्छ ।सबै कित्ता लिलामी बिक्री भएपछि सूर्याको चुक्ता पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।