Skip to content

सूर्या लाइफको सेयर लिलामी खुल्ला, कहाँ जाने भर्न ?

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – साउन १६ गतेदेखि सूर्या लाइफ इन्सुरेन्सको सेयर लिलामी खुला भएको छ । सूर्याले संस्थापक समूहको ३ हजार २८९ कित्ता र सर्वसाधारण तर्फ ७१ हजार ९५ कित्ता गरि जम्मा ७४ हजार ३८४ कित्ता सेयर लिलामीमा ल्याएको हो । लिलामी बोलपत्र साउन २३ गतेसम्म पेश गर्न सकिनेछ । 
कम्पनीको मंगलबार प्रतिकित्ता ५५२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । लिलामीमा न्यूनतम १०० कित्तादेखि संस्थापकतर्फ अधिकतम सबै कित्ता र सर्वसाधारण समूहमा अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइन्छ ।
यसमा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौं तथा सूर्या लाइफको वीरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढी, महेन्द्रनगर र इटहरी शाखाबाट आवेदन दिन सकिनेछ ।  सबै कित्ता लिलामी बिक्री भएपछि सूर्याको चुक्ता पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्