×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बधाई छ ! सांग्रीला डेभलोपमेन्ट बैंकको सीइओमा सुयोग श्रेष्ठ नियुक्त, यस्ता छन् पर्दा पछाडीका रोचक घटनाक्रम !

PRIME CA

बधाई छ ! सांग्रीला डेभलोपमेन्ट बैंकको सीइओमा सुयोग श्रेष्ठ नियुक्त, यस्ता छन् पर्दा पछाडीका रोचक घटनाक्रम !

५ भाद्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ – यस अघि एस डेभलोपमेन्ट बैंक चलाएको अनुभव भएका चार्टड एकाउन्टेन्ट सुयोग श्रेष्ठ सांग्रीला डेभलोपमेन्ट बैंकको सीइओमा नियुक्त भएका छन् । भारतीय बोर्डबाट सिए उतिर्ण गरेका उनी यसअघि एस डेभलोपमेन्ट बैंकमा कार्यरत थिए । एस डेभलोपमेन्ट बैंक मर्ज भएपछी बेरोजगार बनेका श्रेष्ठ अन्तत: सांग्रीलामा सीइओ भएका हुन् । उनी एसलाइ मर्ज गर्ने नेपाल इन्भेष्टमेन्ट बैंकमै जागिर खाने कुरा भएपनि बैंकले उनलाई नलिएपछी उनी बेरोजगार भएका थिए । अन्ततः नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यरत रबिन सिजापतिको लविङमा उनी बैंकको सीइओ भएका छन् । अर्थ सरोकार डटकमले बैंकका तत्कालीन सीइओ राजेन्द्र पौडेलको क्वालिफिकेसन नपुगेको समाचार सार्वजनिक गरेपछि पौडेलले कार्यकाल दोहोर्याउने हिम्मत गरेनन् । त्यसपछी खाली रहेको बैंकको सीइओ पदमा श्रेष्ठ नियुक्त भएका हुन् ।  
सिजापति र भट्ट यसकारण बाहिरिए !
यस्तो त रबिन सिजापति आफैं पनि बैंकको सीइओ बन्ने लविङमा थिए । तर राष्ट्र बैंकका केहि उपल्लो तहका कर्मचारीले सिजापतिलाई बैंकको सीइओ बनाए अफ्ट्यारो हुने ‘घुमाउरो चेतावनी’ दिएपछी बैंकले अरुको विकल्प खोजेको थियो । यहि बीचमा यसअघि ज्योति बिकास बैंकको सीइओ बन्न अन्तिम समयमा नपाएका श्रीचन्द्र भट्ट र सुयोग श्रेष्ठ विकल्पका रुपमा थिए । आफु नभएपछी सिजापतिले श्रेष्ठलाइ सिफारिस गरेपछि अन्तत: श्रेष्ठ बैंकको सीइओ बनेका हुन् । रबिन सिजापति सांग्रीलाका प्रमोटर पनि हुन् । ‘म सीइओ बने हुन्थ्यो भन्ने चाहाना सांग्रीलाका संचालकहरुको थियो । मलाइ कुरा पनि आएको हो । तर मैले तत्काल बिकास बैंकमा नजाने निर्णय गरें । सुयोग श्रेष्ठलाइचाहिं सिफारिस गरेको हुँ । तर म दौडमा बेस्सरी लागेकोचाहिं होइन । मलाइ नेपाल इन्भेष्टमेन्ट बैंकमा नै ‘कम्फर्टटेबल छ ।’ अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै रबिन सिजापतिले भने ।   
दिनेश थकालीले बैंक छोडे !
यता बैंकलाइ निकै माथि पुर्याउन महत्वपूर्ण भूमिका खेलेका दिनेश थकालीले संचालक समितिले मनपरी ढंगले काम गरेको भन्दै बैंकबाट विदा लिएका छन् । उनले भाद्र १ गतेदेखि प्रभु बैंकमा सीओओको कार्यभार सम्हालीसकेका छन् । उनी बैंकको डेपुटी सीइओ थिए । उनी सीइओ हुने चर्चा पनि थियो । तर बैंकमा प्रमोटर समेत रहेका एनआइबीएलका रविन सिजापतिले आफु वा आफुले भनेको मान्छे राख्न खोजेपछी उनले प्रभुमा करियर अगाडी बढाउने निर्णय गरेका थिए । ‘अव के कारणले बैंक छोडियो भन्ने कुरातिर जान खासै फाइदाजनक छैन । म प्रभु बैंक आएको छु । अव यहाँ राम्रो गर्ने हो । सांग्रीलामा केहि संचालकसंग कुरा नमिलेको भने पक्कै हो । सर्वसम्मत नहुँदा समस्या हुने र संस्थालाइ पनि घाटा हुने देखियो । त्यसपछि मैले प्रभु बैंकमा करियर अगाडी बढाउने निर्णय गरेको हो। ‘ थकालीले अर्थ सरोकार डटकमसंग भने ।     
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: