×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वरोजगार लघुवित्त बिकास बैंकको खराब कर्जा बढ्यो, प्रतिसेयर आम्दानी २९.८७ रुपैयाँ (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्वरोजगार लघुवित्त बिकास बैंकको खराब कर्जा बढ्यो, प्रतिसेयर आम्दानी २९.८७ रुपैयाँ (विवरणसहित)

Artha Sarokar

१७ श्रावण २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- स्वरोजगार लघुवित्त विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकले ३ करोड ६५ लाख खूद नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीले ७८ करोड २३ लाख निक्षेप संकलन गरेको थियो भने १ अर्ब ४१ करोड बढी सापटी लिई २ अर्ब १३ करोड बढीको कर्जा परिचालन गरेको छ । सार्वजनिक वित्तीय विवरण हेर्ने हो भने अघिल्लो वर्ष ४ करोड २५ लाख रहेको बैंकको संचालन मुनाफा बढेर ५ करोड २८ लाख पुगेको छ । 
यद्यपी बैंकको कमजोर व्यवस्थापनका कारण कम्पनीमा खराब कर्जा भने बढेको छ । अघिल्लो वर्ष ०.२२ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा बढेर ०.३६ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २९.८७ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५४.२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८.९६ गुणा कायम भएको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी