×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश गृहमन्त्रीले किन लगाए राष्ट्र बैंकमा ताला ? यस्तो छ कारण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रदेश गृहमन्त्रीले किन लगाए राष्ट्र बैंकमा ताला ? यस्तो छ कारण

Artha Sarokar

१० भाद्र २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जनकपुरधाम – प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन् । प्रदेश सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै मन्त्री आफैंले राष्ट्र बैंकको कार्यलयमा ताला लगाएका हुन् ।
प्रदेश २ सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर आज आइतबार रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा दिएको छ । तर, संघीय सरकार मातहतका कार्यालयले विदा अवज्ञा गरेपछि प्रदेशका आन्तरिक मामिलामन्त्री आफैं जनकपुरस्थित राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गरेका हुन् ।
संविधानले प्रदेश सरकारलाई विदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले अटेरी गरेकाले तालाबन्दी गर्नुपरेको मन्त्री यादवले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी