×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार ‘रिसर्च’ : प्रधानमन्त्री ओलीको बोली झुट सावित, नेपालको कर दक्षिण एसियाकै महँगो (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ भाद्र २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

अर्थ सरोकार ‘रिसर्च’ : प्रधानमन्त्री ओलीको बोली झुट सावित, नेपालको कर दक्षिण एसियाकै महँगो (विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को सरकारले जताततै कर बढाईरहेको र यहि कारण नेपालमा संघीयता नै खतरामा पर्न सक्ने विश्लेषण भइरहेका बेला मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री केपी ओलीले नेपालको कर संसारकै सस्तो भएको प्रतिक्रिया दिएका थिए । उनको उक्त प्रतिक्रिया समाचारका रुपमा भाइरल भएपछी हामीले यसबारे सत्य तथ्य खोज्ने प्रयास गरेका थियौं । नभन्दै उनले बोलेको उक्त तथ्य गलत भएको  प्रमाणित भएको छ ।   

करबारे खुलेको यस्तो तथ्य :
अर्थ सरोकार डटकमले यस विषयमा खोजी गर्दा नेपालमा रहेको कर दक्षिण एसियाकै महंगो रहेको रहस्य सार्वजनिक भएको छ । तथ्यचाहिं के रहेछ भने दक्षिण एसियाको करलाइ विश्लेषण गर्ने हो भने कुल ग्राहस्त उत्पादन (जीडीपी) को आधारमा लाग्ने कर नेपालमा दक्षिण एसियामै सबै भन्दा महँगो छ । नेपालले जीडीपीको आधारमा नेपालीलाई करको भार २४ प्रतिशत पर्ने देखिन्छ र यो दर ७ वटा मुलुक हेर्ने हो भने सबैभन्दा बढी करको भार हो । विभिन्न देशका आधिकारिक वेवसाइटहरुको अध्ययन गर्दा यसरी सबैभन्दा धेरै कर लिनेमा दोश्रोमा माल्दिभ्स पर्छ । माल्दिभ्सले  २१ प्रतिशत कर लिने गरेको छ । यस्तै तेस्रोमा भारतले १८ प्रतिशत, चौथोमा श्रीलंका १२ प्रतिशत, पाँचौमा बंगलादेश ९ प्रतिशत कर लिने गरेको छ । 
स्थानीय तहले सार्है नै बढाएर जे कुरामा पनि कर थोपरेर जनतालाई गाह्रो बनाएको विश्लेषण भइरहेका बेला केपी ओलीले सरकारी निर्णयको बचाउ गर्दै नेपालको कर संसारकै सस्तो रहेको बताएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: