×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्री थापाद्वारा कञ्चनपुर घटनाका घाइते संग भेट

PRIME CA
GLOBAL IME BANK

गृहमन्त्री थापाद्वारा कञ्चनपुर घटनाका घाइते संग भेट

८ भाद्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा (बादल)ले कञ्चनपुर घटनाका घाइते अर्जुन भण्डाराको स्वास्थ्य अवस्थाबारे जानकारी लिन महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुगेका थिए । 
घाइतेको पिड्युँलामा लागेको गोली निकाल्न अपरेशनका क्रममा उनलाई बेहोस बनाइएका कारण बेहोसी अवस्थामा रहेका भण्डारालाई गृहमन्त्री थापाले भेटेका थिए । गृहमन्त्री थापाको साथमा कञ्चनपुरका सांसदद्वय दीपकप्रकाश भट्ट, नरबहादुर धामी र नेकपाका कार्यकर्ता पनि थिए । 
घाइते भण्डारीको आफन्तसंग  कुराकानी गर्दै गृहमन्त्री थापाले सरकारले घाइतेको निःशुल्क उपचार गर्ने आश्वसन दिए । साथै, घाइतेको स्वास्थ्य लाभको कामना समेत व्यक्त गरे ।
 किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाबारे छानविन माग गर्दै भएको आन्दोलनका क्रममा प्रहरीले बिहीबार चलाएको गोली लागी भण्डारा घाइते भएका थिए । उनको स्थिति चिन्ताजनक भएकाले हिजै हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: