×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिनाउको खुद नाफा २५.८१% गिरावट, यस्तो छ अन्य सुचकको अवस्था

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

तिनाउको खुद नाफा २५.८१% गिरावट, यस्तो छ अन्य सुचकको अवस्था

Artha Sarokar

१७ श्रावण २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गत आर्थिक वर्षको चौथो त्रैमासमा तिनाउ विकास बैंकको खुद नाफा २५.८१% ले घटेको रिपोर्ट सार्वजनिक भएको छ । अघिल्लो आवको सोही अवधिमा ९ करोड ६७ लाख २० हजार रुपैयाँ रहेको खुद नाफा कमाएको थियो ।तर यसपालि ७ करोड १७ लाख ५६ हजार रुपैयाँमा सीमित भएको छ । 
खुद ब्याज आम्दानी ११.०८% घटेर १८ करोड ३० लाख ४ हजार रुपैयाँ कमाएको छ । र सञ्चालन नाफामा ३५.२२% घटेर ९ करोड २६ लाख ४७ हजार रुपैयाँमा सिमित रहनु परेको छ ।  बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको कारणले खुद नाफामा पनि गिरावट आएको हो । 
बैंकले ४ अर्ब ९१ करोड ५७ लाख ६४ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यसको खराब कर्जा ०.३०% छ । तिनाउको चुक्ता पुँजी ५० करोड ६९ लाख ३४ हजार रुपैयाँ र जगेडा कोषमा १४ करोड ७२ लाख ३९ हजार रुपैयाँ रहेको छ । यो बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ५ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी