
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – युनियन हाइड्रोपावर कम्पनीले स्थानीय बासिन्दालाई आइपीओ भर्ने म्याद थप गरेको छ । अब स्थानीय बासिन्दाहरुले भदौ १२ गतेसम्म आइपीओ भर्ने पाउने छन् । युनियनले आइपीओ भर्ने म्याद छिटोमा सोमबार (साउन २८ गते) सम्म भनेकामा यस अवधिमा आवश्यकता अनुसार आवदेन नपरेपछि म्याद थपेर ढिलोमा भदौ १२ गतेसम्म भर्न सकिने बनाइएको हो ।
युनियनले लमजुङ जिल्लाका आयोजना प्रभावितलाई साउन १४ गतेदेखि ७ लाख ५० कित्ता आइपीओ खुला गरेको हो । पछिल्लो समय पुँजी बजारमा गिरावट आएपछि त्यसको असर आइपीओमा पनि देखिन थालेको छ ।
यसमा लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नम्बर ८, ९ र १०, बेसिसहर नगरपालिका–५, सुन्दर बजार नगरपालिका–११ र कास्की जिल्लाको रुपा गाउँपालिका–१ का स्थानीयले आवेदन दिन पाउनेछन् । यसैगरी, लमजुङ जिल्लामा स्थायी बसोबास गर्ने बासिन्दाले पनि यो आइपीओ भर्न सक्नेछन् ।
यो आइपीओमा न्यूनतम ५० देखि अधिकतम ३ हजार कित्ताका लागि आवेदन दिन पाइन्छ । युनियनको आइपीओमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । सिभिल बैंकको लमजुङस्थित मालिङ, बेसिसहर, गौंडा, भुलभुले र रैनास शाखा तथा ओम डेभलपमेन्ट बैंकको भोडेटार र बसिसहर शाखाबाट आवेदन दिन सकिनेछ ।
यसैगरी, कैलाश विकास बैंक, ग्लोबल आइएमई बैंक र लक्ष्मी लघुवित्तको भोर्लेटार शाखा तथा कामना सेवाको दुईपिप्ले र सनराइज बैंकको बेसिसहर शाखाबाट पनि आइपीओ भर्न सकिन्छ । युनियन हाइड्रोको आयोजना स्थलबाट पनि आवेदन फारम भर्न र बुझाउन पाइन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्