×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनियन लाइफको गर्यो प्रगति, खुद नाफा ६४९.३१% ले वृद्धि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

युनियन लाइफको गर्यो प्रगति, खुद नाफा ६४९.३१% ले वृद्धि

२२ श्रावण २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – युनियन लाइफ इन्सोरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमासमा खुद नाफा ६४९.३१% वृद्धि गरेर ९ करोड ३५ लाख ९० हजार ६६० रुपैयाँ आर्जन गरेको रिपोर्ट सार्वजनिक  गरेको छ । अघिल्लो वर्ष यो इन्सुरेन्सले १ करोड २४ लाख ९० हजार २६६ रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो । 
युनियनले असार मसान्तसम्म ७६ करोड २२ लाख ७० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । यसले कुल ९८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको कुल कायम बिमा लेखको संख्या ६९ हजार ५९० रहेको छ ।
हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ९ करोड ६७ लाख २१ हजार ८६१ रुपैयाँ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन कम्पनीले आइपीओ जारी गर्नेछ । यता, जीवन बीमा कोषमा ३५ करोड ४६ लाख ६० हजार ५८३ रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी