
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – अपर तामाकोशी हाइड्रोपावरको आइपीओमा काठमाडौंबाट आवेदन दिने म्याद अब ३ दिन मात्र बाँकी रहेको छ । काठमाडौं उपत्यकामा बस्ने दोलखाबासीले साउन २५ गतेसम्ममा आवेदन दिइसक्नुपर्नेछ । अपर तामाकोशीले दोलखा जिल्लाका स्थानीयलाई साउन १६ गतेदेखि १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । दोलखा जिल्लाबाटै भने भदौ १४ गतेसम्म भर्न सकिन्छ । कम्पनीले स्थानीयलाई आइपीओ बेचिसकेपछि सर्वसाधारणमा खुला गर्नेछ ।
दोलखाका स्थानीयलाई पनि ३ वर्गमा वर्गीकरण गरिएको छ । जिल्लाको लामाबगर र गौरिशंकार गाँउपालिकालाई ‘क’, ट्रान्समिसन लाइन भएको क्षेत्रलाई ‘ख’ र बाँकीलाई ‘ग’ वर्गमा विभाजन गरिएको हो । सोही अनुसार आवेदन दिन पाइने संख्या निर्धारण गरिएको छ । ‘क’ वर्गमा पर्नेले हरियो, ‘ख’ वर्गमा पर्नेले निलो र ‘ग’ वर्गमा पर्ने स्थानीयले कालो फर्म भरेर आवेदन दिनु पर्नेछ ।
विदेशमा रहेका स्थानीयले भने सनराइज क्यापिटलको वेबसाइटबाट फर्म डाउनलोड गरेर आवेदन दिने सक्नेछन् । यसको बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटल हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्