
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको लिलामी सेयर भर्ने मंगलबार (साउन २२ गते) अन्तिम दिन रहेको छ । यस आधारमा अब लगानीकर्ताले लिलामी भर्न सोमबार र मंगलबार गरी २ दिन मात्र समय पाउनेछन् । वोमीले साउन १५ गतेदेखि ११ हजार ५४५ कित्ता सेयर लिलामीमा ल्याएको हो । संस्थापक समूहको ३ हजार ८८२.८० कित्ता र सर्वसाधारण समूहको ७ हजार ६६२.२० कित्ता सेयर लिलामी खुला गरिएको हो ।
यसमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल तथा सिद्धार्थ बैंकका विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, पोखरा, बुटवल र धनगढी शाखाबाट आवेदन दिन पाइन्छ । यसैगरी, वोमीको चितवन स्थित भरतपुर कार्यालयबाट पनि बोलपत्र पेश गर्न सकिन्छ । हाल कम्पनीको चुक्ता पुँजी १० करोड १० लाख ७८ हजार रुपैयाँ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्